इलामको देउमाईमा एमालेका उम्मेदवार दोस्रो कार्यकालको लागि निर्वाचित

Read Time = 1 min

इलाम । इलामको देउमाई नगरपालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन् । देउमाईमा प्रमुख सूर्य पोख्रेल र उपप्रमुख पविमाया राई दुवै जना दोस्रो कार्यकालको लागि निर्वाचित हुनुभएको हो ।

पोख्रेलले गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार होम दुलाललाई पराजित गर्नुभयो । पोख्रेलले आठ हजार ६९५ मत प्राप्त गनुृभयो । दुलालले सात हजार ६२२ मत प्राप्त गर्नुृभयो ।

२०७४ को पहिलो स्थानीय तहको निर्वाचनमा पनि दुलाल पोख्रेलसँगै पराजित हुनुभएको थियो। उपप्रमुख पविमाया राईले आठ हजार ५६३ मत ल्याएर विजयी हुनुभयो ।

उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका राम राईले पाँच हजार हजार ७६५ मत प्राप्त गनुृभयो । पविमाया राईले अघिल्लो निर्वाचनमा कांग्रेसकी सूर्यमाया राईलाई पराजित गर्दै उपप्रमुख निर्वाचित हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?