
झापा । कवि देवकीनन्दन अग्रवाल स्मृति साहित्य सम्मान विराटनगरका साहित्यकार लक्ष्मणकुमार नेवटियालाई समर्पण गरिएको छ । शनिबार झापाको चन्द्रगढीमा नेपाल - भारतका साहित्यकारको बाक्लो उपस्थितिमा नेवटियालाई २५ हजार नगदसहित सो सम्मान समर्पण गरिएको हो ।
तीन दशक अघिदेखि बहुभाषी साहित्य सिर्जनामा सक्रिय नेवटियालाई प्राज्ञ हरिप्रसाद पौडेल, झापाका अग्रज पत्रकार नकुल काजी र अग्रवाल परिवारले संयुक्त रूपमा सो सम्मान समर्पण गर्नु भएको हो ।
हाँस्यव्याङ्ग्यमा राम्रो दखल राक्नु हुने सम्मानित नेवटियाले नेपाली, हिन्दी र मारवाडी भाषामा साहित्य सिर्जना गर्दै आउनु भएको छ । नेवटियाको हाँस्यव्याङ्ग्य संग्रह लक्ष्मणका कुतकुति पहिलो कृति हो । नेवटियाका थोपाथोपा जिन्दगी हाइकु संग्रह, व्याङ्ग्यधाम कविता संग्रह, यो जोसँग सम्बन्धित छ, लगायत दर्जन बढी कृति प्रकाशित छन् ।
व्यापारिक पृष्ठभूमिका नेवटिया गोरखापत्रको मारवाडी भाषाका स्तम्भ लेखकसमेत हुनुहुन्छ । २०४५ सालदेखि नै चित्रकारको परिचयसमेत बनाउनु भएको नेवटिया यो सम्मान पाउने नवौं स्रष्टा हुनुहुन्छ ।
विभिन्न भाषामा गीत, कविता प्रस्तुत गरिएको कार्यक्रममा हरि विरही अधिकारीको शब्दरचना, डा भीखिप्रसाद वीरेन्द्रको रामकथा : तुलसीदास और हनुमान र मिलनकुमार ढुंगानाद्वारा सम्पादित उत्तर आकाश- ९ विमोचन गरिएको छ । कार्यक्रममा साहित्यकारहरु देवेन्द्रनाथ शुक्ल, महावीर चाचान, पुन्य खरेल लगायतले नेपाल - भारत बीचको साहित्यिक अवस्था र सम्बन्धका बारेमा प्रष्ट्याउनु भएको थियोे ।
बहुभाषी साहित्य संगीत कला केन्द्र झापा र कालजयी मञ्च सिलगुडीको संयुक्त आयोजनामा भएको सो कार्यक्रमको संयोजन पुनितकुमार वंशलले गर्नु भएको हो । वंशल संयोजक रहेको समितिले सम्मानका लागि नेवटियालाई छनोट गरेको हो।
'बहुभाषी संस्कृति हो हाम्रो परम्परा, नेपाली हौँ बहुभाषी सबै बराबर' साझा आदर्श वाक्य तय गरेका यी संस्था साहित्य उन्नयनमा दुबै देशमा क्रियाशील छन् । साहित्य सिर्जनामा दुई आधारका रूपमा नेपाल- भारत अघि बढेको बताइएको कार्यक्रममा साहित्यको बाटो कहिल्यै बन्द नहुनेमा वक्ता एकमत देखिनु भयो ।
'कर्कट रोग' क्यान्सर रोगबाट मृत्यु हुनुभएको देवकीनन्दनले झापाको काँकडभिट्टामामा एक दशक बढी साहित्य सिर्जनामा बिताउनु भएको थियोे । वक्ताले उहाँलाई आँसु कविको रूपमा स्मरण गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच