
काठमाडौं । भामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजकाे बैठक सुरू गर्नेवित्तिकै प्रमुख प्रतिपक्षी दलहरूले अवरोध जनाए। उनीहरूले कुलमान प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग गर्दै अवरोध जनाएका थिए।
त्यसपछि सत्तापक्षका सांसदले शुक्रबार तीनकुनेमा भएको घटनाको विषयलाई लिएर बोल्नका लागि आवाज उठाए। प्रतिपक्षी दलले अवरोध गरेपछि सत्तापक्ष दलका सांसदहरूले पनि सदन सञ्चालनका लागि दबाब दिँदै आ-आफ्नो ठाउँबाट उठे।
सत्ता र प्रतिपक्षका सांसदले बोल्नका लागि समय माग गरेपछि सभामुखले बैठक सञ्चालन हुन आवश्यक रहेको बताउनु भयाे ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको बर्खास्तीको विषयलाई लिएर विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ माग गर्दै आएका छन्। प्रधानमन्त्रीको जवाफ नआएसम्म बैठक चल्न नदिने उनीहरूको अडान छ।
सभामा सभामुख घिमिरेले भोलिको संसद बैठकमा प्रधानमन्त्रीले जवाफ दिने जानकारी गराउनु भएको थियो । सभामुखले पटक पटक आसन ग्रहण गर्न आग्रह गर्दा पनि प्रतिपक्ष दलका सांसदहरु उठेर विरोध जनाइ रहेका थिए ।
त्यसक्रममा गणतन्त्रवादी दल र राप्रपाका नेताहरूबीच भनाभन सुरु भयाे । राजतन्त्रवादीलाई संसद्बाट निकाल्नुपर्छ भन्ने आरोप आएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र सांसद ज्ञानेन्द्र शाही आक्रोशित बन्नु भएकाे थियाे । लिङ्देनले छाती पिट्दै आफूलाई निकाल्न चुनौती दिनु भयाे ।
संसद्मा होहल्ला भएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच