
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलसमशेर जबरालाई अदालतमा उपस्थित गराइएको छ ।
आईतवार उनीहरुलाई म्याद थप गर्नका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो ।
चैत्र १५ गते तीनकुनेमा आन्दोलनकारीहरुलाई उक्साएर घटना गराएको आरोपमा उनीहरुलाई पक्राउ गरी म्याद थप गर्नका लागि अदालतमा लगिएको हो ।
आईतवार नै प्रहरीले म्याद थपका लागि सरकारी वकीलको कार्यालय पुर्याएको थियो । त्यसपछि जिल्ला अदालतमा लगेर उनीहरुको म्याद थपको प्रक्रिया अघि बढाइएको हो ।
चैत्र १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा दुवै नेताहरु सहभागी बनेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच