
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले तीनकुने घटना दुःखद् र निन्दनीय भएको बताउनुभएको छ ।
आईतवार संसद भवनबाहिर पत्रकारहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले तीनकुने घटनामा हिंसा भड्काउन सरकार आफैँ उद्धत भएको आरोप लगाउनु भयो । उहाँले शान्तिपूर्ण हुने भनिएको प्रदर्शनमा प्रहरीले छतबाट गोली र अश्रुग्यास हान्नुले घटनाको सम्पूर्ण दोषी सरकार भएको जिकिर गर्नुभयो ।
उहाँले लामो समयसम्म आगोलागी हुँदा पनि सरकारले मान्छेको उद्धार गर्न नसक्नु सरकारको गम्भीर कमजोरी भएको बताउनु भयो । उहाँले घटनाबारे छानबिन गर्न निष्पक्षरुपमा न्यायिक आयोग गठन गर्न माग गर्नुभयो । सरकारले नियन्त्रणमा लिएका आफ्ना नेताहरु कुनैपनि हिंसात्मक गतिविधिमा सम्लग्न नभएकाले २४ घण्टाभित्र बिनाशर्त रिहा गर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘राप्रपा पूर्णरुपमा आन्दोलनमा जान्छ । हामीले प्रथमतः के भनेका छौँ भने १५ गतेको घटना दुःखद् घटना हो । जस्ले जेका लागि गर्ने भएपनि हिंसात्मक क्रियाकलाप राप्रपाको लागि दुःखद विषय हो र त्यो निन्दनीय छ र त्यो दिनको घटनाबाट पार्टी अलग रहन्छ र घटनाप्रति दुःख व्यक्त गर्दछ । र हामीले त्यो घटनालाई केलाएर हेर्दाखेरि हिंसा भड्काउन प्रमुख रुपमा सरकार आफै उद्त देखिएको छ । यस्तो हुन्छ भनेर कल्पनै नगरेको घटनामा सरकार आफैँले छतमा प्रहरी किन लगेर राखेको ? छतबाट गोली र अश्रुग्यास बर्साउने काम किन ग-यो ? त्यति लामो समयसम्म आगोलागी हुँदा पत्रकारको उद्धार किन गर्न सकेन ? ताकि ताकि गोली हानेको भिडियो क्लिप आएका छन सादा पोशाकका प्रहरीले गोली लोड गरेर आन्दोलनकारीलाई ताकेको देखिन्छ । त्यसकारण हिंसा भढड्काउन सरकारनै दोषी देखिएको छ । त्यसैले हामीले स्वतन्त्र निष्पक्ष न्यायिक आयोग गठन होस् र त्यसमा जो दोषी देखिन्छ त्यसलाई कारबाही होस् भनेर हामीले भनेका छौँ । हाम्रा नेताहरु कुनैपनि हिंसात्मक घटनामा सम्लग्न हुनुहुन्न, २४ घण्टाभित्र बिनाशर्त रिहाइ होस् भनेका छौँ ।’
अध्यक्ष लिङदेनले संसद बैठकमा एक सांसदले राजावादीलाई जेल हाल्नुपर्छ भनेपछि आफूले सबैभन्दा ठूलो राजावादी म छु सक्छौ भने जेल हाल भनेको बताउनु भयो । काठमाडौं महानगरकाका प्रमुख बालेन्द्र साहले पूर्वराजालाई जरिबाना पत्र लेख्नु गम्भीर त्रुटी भएको उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच