
काठमाडाैं । संघीय संसदको गत माघ १८ गतेदेखि शुरु भएको हिउँदे अधिवेशन आजदेखि अन्त्य भएको छ ।
हिउँदे अधिवेशनको अन्तिम बैठकमा सभाुमख घिमिरेले सभामा १० पटक वा सोभन्दा बढी पटक अनुपस्थित हुने सांसदहरुको नाम सार्वजनिक गर्नुभएको छ । यसरी धेरै अनुपस्थित हुनेमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समेत रहनुभएको छ । देउवासहित अधिवेशन अवधिभर विभिन्न कारणहरु देखाउँदै सात जना सांसदहरु १० भन्दा बढी बैठकमा अनुपस्थित भएका छन् ।
सबैभन्दा बढी अनुपस्थित हुनेमा नेपाली काँग्रेसकी सांसद मनोरमा शेरचन रहनुभएको छ । थेरापी चलिरहेको कारण देखाउँदै उहाँ २७ बैठकमा अनुपस्थित रहेको सभामुख देवराज घिमिरेले जानकारी गराउनु भयो ।
सभामुख घिमिरेकाअनुसार प्रतिनिधि सभा सदस्यहरु लिलादेवी बोखिम लिम्बू १४ दिन, सरस्वती बजिमय ११ दिन, रमेश रिजाल १२ दिन, दीपक बोहरा २१ दिन, शेरबहादुर देउवा ११ दिन र गीता बस्नेत २७ दिन बैठकमा अनपुस्थित रहेका छन् ।
संसदमा गयल हुने सांसदहरुमध्ये कोही स्वास्थ्य उपचार गराइरहेको र केही विदेश भ्रमणमा रहेको सभामुखले उल्लेख गर्नुभयो । प्रतिनिधि सभाको मंगलवारको बैठकले सांसदहरुको विदा स्वीकृत गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच