
काठमाडाैं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले संसदको हिउँदे अधिवेशनले विधायनको क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको बताउनुभएको छ ।
मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले जारी गरेका अध्यादेशहरु पास भएपनि मुल विधेयकको रुपमा आउनुपर्ने कानूनहरु यथावत रहेको बताउनु भयो ।
उहाँले संघीय निजामति विधेयक, शिक्षा विधेयकहरु जस्ता महत्वपूर्ण कानूनहरु यथावत रहेको कारण कानून निर्माणमा हिउँदे अधिवेशनलाई प्रभावकारी मान्न नसकिने उहाँको धारणा छ ।
उहाँले नेपालले थप आन्दोलन र हिंसा थेग्न नसक्ने भन्दै यसतर्फ सरकार गम्भिर हुनुपर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच