
दाङ । घोराही उपमहानगरपालिका प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १५ ले जितेको छ । घोराही उपमहानगरपालिका-१८ नवलपुर फुटबल मैदानमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा वडा नंं. १५ ले वडा नं. १३ लाई २-० गोलले हराउँदै उपाधि जितेको हो । खेलमा वडा नं. १५ लाई उपाधि दिलाउन सन्ध्या कुमालले एक्लै दुई गोल गर्नुभएको थियो । उहाँले पहिलो हाफमा गरेको दुई गोल नै निर्णायक बन्न पुग्यो ।
पहिलो हाफको ८ मिनेटमा डि-बक्समा पाएको बल विपक्षी गोल किपरलाई छक्याउँदै हेडमार्फत् उहाँले गोल गर्नुभएको थियो । त्यसैगरी खेलको २८औँ मिनेटमा सन्जिला कुमालको असिस्टमा सन्ध्याले दोस्रो गोल गर्दै उपाधि दिलाउनुभएको थियो । प्रतियोगितामा विजेता बनेको टिम वडा नं. १५ ले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र र उपविजेता बनेको वडा नं. १३ ले नगद १० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
घोराही उपमहानगरपालिकाका आठवटा टिमको सहभागिता रहेको प्रतियोगितामा वडा नं. ३, १०, १३, १५, १६ र १७ को सहभागिता रहँदा वडा नम्बर १० र १७ बाट दुई टिम सहभागी थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा नं. १३ की जुनु पुन हुनुभयो । यसैगरी सर्वाधिक गोलकर्ता वडा नं. १५ की सन्ध्या कुमाल, उत्कृष्ट गोलरक्षक वडा नं. १५ की सोनम कुमाल, उत्कृष्ट डिफेन्डर वडा नं. १३ की सुस्मिता पुन मगर, उत्कृष्ट मिडफिल्ड वडा नं. १३ की यशोदा नेपाली, उत्कृष्ट फरवार्ड वडा नं. १५ की सन्जिला कुमाल हुनुभयो ।
त्यसैगरी उत्कृष्ट टिम कोच वडा नं. १५ का सुशील बानियाँ र अनुशासित टिम वडा नं. १७ बनेको थियो । खेलकुदको विकाससँगै महिला खेलाडी उत्पादन गर्न पालिकाले वार्षिक तालिका बनाएर खेलकुदका गतिविधि सञ्चालन गर्दै आएको छ । यो पटकबाट महिला फुटबल आयोजना गरेर महिला खेलाडीहरूको आत्मविश्वास जगाउन र खेलप्रति आकर्षण बढाउन प्रतियोगिता आयोजना गरिएको घोराही उपमहानगरपालिका सामाजिक विकास समिति संयोजक एवं नगर प्रवक्ता राममणि पाण्डेले बताउनुभयो । महिला फुटबलले खेलप्रतिको अवधारणा बुझ्न र महिला खेलाडी उत्पादनमा भूमिका खेलेको नगर खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच