
काठमाडौं । महालक्ष्मी विकास बैंकले भैरहवा शाखाबाट सुन कर्जा सेवा शुभारम्भ गरेको छ । भैरहवामा आयोजित समारोहबीच बैंक सञ्चालक राहुल अग्रवाल तथा प्रदेश प्रमुख एवं शाखा प्रबन्धकको उपस्थितिमा उक्त सेवा सुरुवात गरिएको हो ।
ग्राहकको वित्तीय आवश्यकतालाई मध्यनजर गर्दै बैंकले न्यूनतम ब्याजदर, छिटो प्रक्रिया तथा सहज पहुँचसहित सुन कर्जा सेवा सञ्चालनमा ल्याएको जनाएको छ । बैंकका अनुसार अब ग्राहकहरूले भैरहवा शाखाबाट सरल र भरपर्दो प्रक्रियामार्फत् सुन धितो राखी कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।
आपत्कालीन वित्तीय आवश्यकता पूरा गर्न यस्तो सेवा प्रभावकारी बन्नेछ । साथै सुरक्षित वित्तीय व्यवस्थापन तथा नवीनतम् बैंकिङ सेवाहरू उपलब्ध गराउने बैंकको लक्ष्यअनुरूप यो कदम उठाइएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच