
भोजपुर । भोजपुर सदरमुकाममा जारी सातौं संस्करणको मेयरकप महिला फुटबल प्रतियोगिता अन्तर्गत बिहिवार भएको पहिलो सेमिफाइनलमा धनकुटा नगरपालिकालाई २–० गोलले हराउँदै भोजपुर नगरपालिका १० फाइनल प्रवेश गरेको छ ।
बिजयी भोजपुरको तर्फबाट जर्सी नम्वर २७ का आरती भुजेल र जर्सी नम्वर ११ का आशिका राईबाट एक–एक गोल भएको थियो ।
यस्तै दोश्रो सेमीफाइनल कनकाई झापा र भोजपुरकै टेम्केमैयुङ गाउँपालिकाको बिच भएको छ । जसमा टेम्केमैयुङ गाउँपालिकालाई ८–० गोलले पराजित गर्दे कनकाई फाइनल प्रवेश गरेको छ । कनकाईका लागि जर्सी नम्वर ८ का यरीपर मगरले दुई गोल, जर्सी नम्वर १५ का पूर्णिमा राईले ह्याटरिक चार गोल, जर्सी नम्वर १० सिमरन राई एक गोल र जर्सी नम्वर ११ का समिक्षा मगरबाट एक गोल भएको थियो । टेम्केमैयुङले शुन्य गोलमै चित्त बुझायो ।
उपाधीका लागि अव फाइनल खेल शुक्रवार भोजपुर नगरपालिका १० र कनकाई झापाका बिचमा हुने छ । जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजन भोजपुर नगरपालिका वडा नम्वर–७, कोदारमा रहेको रंगशालामा जारी प्रतियोगितामा धनकुटा नगरपालिका, भोजपुर नगरपालिका वडा नम्वर १०, भैसिपंखा, खाँदवारी नगरपालिका, कनकाई, झापा, टेम्केमैयुङ गाउँपालिका र मोर्डन इरा बिराटनगरले सहभागिता जनाएको थियो ।
प्रतियोगिताको विजेताले उपाधी सहित नगद एक लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१ हजार पाँच सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रबिण सुवालले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच