रूपन्देही । बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षा गरेको छ । बुटवल उपमहानगरले चालु आर्थिक वर्षको तीन महिनामा १०.४९ प्रतिशत बजेट खर्च गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ८.४ प्रतिशत खर्च भएको थियो ।
चालु आर्थिक वर्षको असोजसम्ममा उपमहानगरपालिकाले १८ करोड राजस्व संकलन गरेको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईँले बुटवल उपमहानगरपालिकालाई वार्षिक कार्ययोजना बनाएर योजनाबद्ध तरिकाले काम गर्न आग्रह गर्नुभयो । गत आर्थिक वर्षभन्दा धेरै विकास बजेट खर्च गर्न र देशमै उत्कृष्ट नगरका रूपमा अघि बढ्न पनि उहाँले सुझाव दिनुभयो ।
नगरप्रमुख खेलराज पाण्डेयले बुटवलले चालु आर्थिक वर्षमा उज्यालो बुटवल, सफा बुटवल, शिक्षा र स्वास्थ्यमा अग्रणी बुटवल बनाउने गरी योजना बनाएर कार्यान्वयनमा गएको बताउनुभयो । चालु आर्थिक वर्षमा लगानी सम्मेलन गरी लगानीकर्ता आकर्षित गर्ने, गृहिणी महिला रोजगार कार्यक्रममार्फत् महिलालाई उत्पादन र रोजगारसँग जोड्ने, पछि परेका विद्यालयको स्तरोन्नतिका लागि कार्यक्रम गर्ने जस्ता काम अघि बढाइएको उहाँले बताउनुभयो ।
उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई समृद्ध शहरका रूपमा स्थापित गर्न योजनाअनुसार काम भइरहेको बताउनुभयो । सबै क्षेत्र समेटेर नगरले काम गरिरहेकाले सबैको साथ आवश्यक रहने उहाँको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले बुटवलको योजनाबद्ध विकासका लागि कार्ययोजनाबमोजिम सबै काम अघि बढेको बताउनुभयो । चालु आर्थिक वर्ष राजस्व संकलन अझै बढाउने गरी काम भइरहेको उहाँको भनाइ थियो ।
योजना शाखा प्रमुख दामोदर ज्ञवालीले प्रगति विवरण प्रस्तुत गर्दै विगत तीन महिनामा बुटवलले पशु बधशाला सञ्चालनका लागि सम्झौता गरेको, मुख्य सडक र भित्री सडक सरसफाइ तथा हरियाली बनाउन वृक्षरोपण गरेको, उज्यालो बुटवलअन्तर्गत उज्यालो बनाउन विद्युतीकरण गरेको, खाली सटर ठेक्कामा लगाएको, बसपार्क सुधार अभियान सञ्चालन गरेको जानकारी गराउनुभयो । सरसफाइ शाखा प्रमुख ठगिश्वर पोखरेलले बुटवलवासीका प्रतिक्रिया लिने गरी सार्वजनिक सुनुवाइ गर्ने तयारी भएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच