
काठमाडौं । रक्षामन्त्री मानवीर राईले तीनकुने घटनाका दोषीहरुलाई कानूनी कठघरामा उभ्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले तीनकुने घटनामा देशकै बेइज्जत हुनेगरी सुपरमार्केट, मिडिया तथा व्यवसायमाथि आक्रमण भएकोप्रति दुःख प्रकट गर्नुभयो । उहाँले उद्योग व्यवसायीहरुको सुरक्षाका लागि सरकार लागि पर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘तीनकुनेका देखिएको घटनाहरु एउटा सुपरमार्केटमा भाटभटेनी लगायत अन्य व्यवसायहरुमा, मिडियामाथि, व्यवसायमाथि जुन ढंगले आक्रमण भयो देशको बेइज्जत हुने गरी आक्रमण भयो यो घटनापति म दुःख पनि प्रकट गर्छु । र उद्योग व्यवसायमा लगानी गर्ने महानुभावहरुलाई म आह्वान गर्न चाहन्छु कि सरकार यस्को कानूनी कठघरामा उभ्याउँछ । उद्योग व्यवसायीहरुको सुरक्षामा सरकार लागि पर्ने छ भन्ने कुरा राख्न चाहन्छु ।
मन्त्री राईले उद्योग व्यवसायीले विगतमा भएका कठिन र जटिल समयमा दुःख कष्ट झेलेर नेपालको आर्थिक क्षेत्रमा ठूलो योगदान गरेको बताउनुभयो । उद्योग व्यवसायीको सहजताका लागि कानुनी जटिलता फुकाउने प्रयास भइरहेको उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच