साहित्यतर्फको नोबेल पुरस्कार नर्वेली लेखक फोस्सलाई

Read Time = 2 mins

एजेन्सी । यसवर्षको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेली लेखक जोन फोस्सलाई प्रदान गर्ने निर्णय गरिएको छ । ‘अव्यक्त (कुरा)लाई आवाज दिने नवअन्वेषी नाटक र गद्यका लागि’ फोस्सलाई पुरस्कृत गरिएको नोबेल पुरस्कार कमिटीले जनाएको छ ।

उहाँका सेप्टोलोजी, मेलांकोलीलगायत पुस्तक प्रकाशित छन् । उहाँले ४० नाटक, कयौँ उपन्यास, निबन्ध, बालबालिकाका लागि पुस्तक लेख्नुका साथै अनुवाद पनि गर्नुभएको छ । फोसे सन् १९५९ मा नर्वेमा जन्मिनुभएको हो । उहाँ संसारमा सबैभन्दा धेरै नाटक प्रदर्शन गरिएका नाटककारमध्ये एक हुनुहुन्छ । उहाँकोे पहिलो उपन्यास रौडटस्भार्ट सन् १९८३मा प्रकाशित भएको थियो ।

यसै हप्ताको मंगलबार यसवर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार पियरे अगोस्टिनी, फेरेन्क क्राउज र एनी लुहुलियरलाई प्रदान गरिएको थियो । चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कोभिड-१९ विरुद्धको एमआरएनए खोप विकासमा योगदान गर्ने दुई वैज्ञानिक क्याटालिन कारिको र ड्र्यू वेइसम्यानलाई प्रदान गरिएको छ ।

अब दुई नोबेल पुरस्कार घोषणा हुन बाँकी छन् । स्टकहोममा शुक्रबार शान्तितर्फको पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ । अर्थशास्त्रतर्फको पुरस्कार भने अक्टोबर ९ मा घोषणा गरिने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?