
विराटनगर । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिलाई निजी क्षेत्रले चासोका साथ हेरेको छ । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था उद्योग संगठन मोरङले समग्र अर्थतन्त्रको विकास तथा उद्योग व्यवसाय क्षेत्रको विकासको गति तीव्र बनाउन अनुमानयोग्य नीतिगत सुधार गर्न सक्षम नेतृत्व राष्ट्र बैंकले पाउने अपेक्षा लिएको जनाएको छ । विगत केही वर्षदेखि अर्थतन्त्र र उद्योग व्यवसाय क्षेत्रमा छाएको उदासीनतालाई मध्यनजर गरी आर्थिक र वित्तीय क्षेत्रको गहिरो ज्ञान भएका, देशको मौद्रिक नीति, मुद्रास्फीति नियन्त्रण, ब्याजदरको निर्धारण, वित्तीय स्थिरता जस्ता विषयले औद्योगिक र आर्थिक क्षेत्र सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले व्यावहारिक अनुभव र बुझाइ भएका व्यक्तिलाई गभर्नर नियुक्ति गर्नुपर्नेमा संगठनले जोड दिएको छ ।
विगतमा राष्ट्र बैंकले लिएको कहिले अत्यन्त कसिलो र कहिले खुकुलो नीतिले आर्थिक एवं औद्योगिक क्षेत्र प्रभावित भएको अनुभव भोगेको निजी क्षेत्रले नयाँ गभर्नर नियुक्ति गर्दा देशको आर्थिक अवस्थामा सुधार ल्याउने, व्यावसायिक विकासको गति तीव्र बनाउन र दिगो समृद्धि सुनिश्चित गर्न नेपालका उद्योग र व्यापारका जटिलता राम्रोसँग बुझेको योग्य नेतृत्व आवश्यक रहेको संगठनले जनाएको छ ।
राष्ट्र बैंक सरकारकै आर्थिक सल्लाहकारका रूपमा रहने भएकाले अर्थतन्त्रको वर्तमान जटिल समस्या सम्बोधन गर्दै स्वदेशी उद्योगलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउन उद्योग व्यापारमैत्री नीति निर्माणको वातावरण बनाउन सक्षम, नेपालको मौद्रिक नीति र बैंकिङ प्रणालीलाई सुदृढ बनाई लगानी प्रवाह बढाउन सक्ने र आर्थिक वृद्धिको नयाँ अवसर सिर्जना गरी अर्थतन्त्रलाई एक स्थिर र सशक्त दिशा दिई जनताको आशा र विश्वासलाई नयाँ उचाइमा पु¥याउन सक्ने नयाँ सक्षम गभर्नर नियुक्त हुने अपेक्षा गरेको संगठनका अध्यक्ष राकेश सुरानाले बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच