
पाल्पा । सहकारी अभियन्ता तथा संविधानसभा सदस्य एवं राष्ट्रिय सहकारी महासङ्घका पूर्व अध्यक्ष केशव बडालले सबै सहकारीमा समस्या नभएको बताउनुभएको छ । उहाँले अहिले जसरी सहकारीमा समस्या देखियो भनेर समाचार आइरहेका छन् त्यस्तो नरहेको स्पष्ट पार्नुभयो ।
जिल्ला सहकारी सङ्घ र जिल्ला बचत तथा ऋण सहकारी सङ्घले पाल्पाको तानसेनमा आयोजना गरेको सहकारी सभालाई सम्बोधन गर्दै बडालले केही सहकारीहरुमा समस्या देखिए पनि सबै सहकारी त्यस्तो नरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो “सहकारीको सिद्धान्त, मर्म, ऐन, कानुन नमान्ने सहकारीहरुमा केही समस्या आएको हो तर सबै सहकारीहरुमा त्यस्तो समस्या छैन् । वित्तीय कारोबार गर्ने केही सहकारीमा भएका बदमासी देखाएर सहकारी आन्दोलनमाथिको टिप्पणी जायज हुँदैन ।”
अभियन्ता बडालले ३० हजार सहकारीमध्ये एक सय ५० वटामा मात्रै समस्या देखिएको भन्दै बचतकर्ता आत्ति हाल्नु नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “ ३० हजार सहकारीमा ० दशमलव १ प्रतिशत पनि सहकारीमा समस्या छैन्, यसलाई समस्याका रुपमा लिइ हाल्नु पर्दैन ।”
बडालले सरकारको अभिलेखमा ५० वटा सहकारी समस्या ग्रस्तको सूचीमा रहे पनि अभियान्ताको नजरमा एक सय ५० जति सहकारी समस्या ग्रस्त अवस्थामा रहेको बताउनुभयो । पाल्पाका सहकारीहरुमा भने कुनै पनि समस्या रहेको उहाँको भनाई छ । सहकारीको मूल्यमान्यताभन्दा भिन्न ढङ्गले चलेका संस्था समस्यामा पर्ने बडाल बताउनुहुन्छ । सहकारीमा देखिएको समस्या न्यून गर्न सातै प्रदेशमा सहकारी प्रशिक्षण तालिम केन्द्र सरकारले स्थापना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
पूर्व मन्त्री समेत रहनुभएको उहाँले निजी क्षेत्र र सहकारीलाई एकै किसिमले हेर्न नहुने समेत बताउनुभयो । उहाँले भन्नुभयो‘अर्थमन्त्री भइसकेका मानिसले पनि सहकारी निजी क्षेत्रभित्रकै पाटो भन्दै आएको सुन्छु, जुन पूर्णतया गलत हो । सहकारी छुट्टै दर्शन र सिद्धान्तबाट निर्देशित हुने सामाजिक व्यवसाय हो । निजी क्षेत्र र सहकारी फरक हुन् । निजी क्षेत्रमा लाभको वितरण सानो समूहमा मात्र हुन्छ, जबकि सहकारीमा ठूलो समूहमा हुन्छ । सहकारी संस्थामा सामाजिक न्याय र उत्पादन वृद्धिलाई एकैसाथ अघि बढाउनुपर्छ । त्यसैले यो न रेडक्रस जस्तो परोपकारी संस्था हो, न कम्पनी जस्तो नाफामूलक ।’
कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घ नेपालकी पूर्व महाप्रबन्धक तथा सहकारी अभियन्ता चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाले सहकारीले समाजलाई एकृत्रित गर्ने काम गरेको बताउनुभयो । उहाँले सहकारीले दुःखमा मलाम लगाउने काम मात्र नगरेको भन्दै समाजलाई एकृत्रित गर्ने काम गरेको उल्लेख गर्नुभयो । महिला सशक्तिकरणमा सहकारीको भूमिका महत्वपूर्ण रहेको पनि उहाँले बताउनुभयो । सुब्बाले सहकारी अभियानलाई सफल बनाउन सरकारले सदस्यता शुद्धिकरण र नियमन, अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पाल्पामा थुप्रै सम्भावनाहरु भएकाले पर्यटन, ढाका, करुवालाई उत्पादनसँग जोड्न जिल्लाका सहकारीहरुलाई आग्रह गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच