
गुल्मी । गुल्मी उद्योग वाणिाज्य संघमा नयाँ नेतृत्व चयनमा अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेसंगै निर्वाचन सुरु भएको छ । अन्य पदहरूमा आवश्यक पदअनुसार मात्र उम्मेदवारी परेको छ ।
अध्यक्ष पदको निर्वाचन गुल्मी उद्योग वाणिज्य संघको सभाहलमा भइरहेको निर्वाचन अधिकृत अधिवक्ता विष्णु प्रसाद बलालले जानकारी दिनुभयो । अध्यक्ष पदका लागि रामप्रसाद पन्थी र मृगेन्द्रप्रसाद श्रेष्ठ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँहरू दुवै जना व्यवसायीहरूका प्रिय् मानिनुहुन्छ । दुवै जना निवर्तमान समितिको उपाध्यक्ष हुनुहुन्थ्यो ।
दुवै उम्मेदवारले जिल्लाको अर्थतन्त्रलाई चलायमान बनाउन र व्यवसायीहरूको हकहितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अधिवेशनबाट उपाध्यक्षमा इश्वरी प्रसाद बेलबासे, गोपाल प्रासद भुसाल, तारा प्रसाद भुसाल, महासचिवमा चेतनारायण पाण्डे, सचिवमा विष्णु प्रसाद अधिकारी, कोषाध्यक्षमा इश्वरी प्रसाद कंडेल र सह-कोषाध्यक्षमा कृष्ण खनाल निर्विरोध निर्वाचित हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा महेश कुमार राज भण्डारी, बादल श्रेष्ठ, तोमलाल पन्थी, ज्ञान बहादुर भलामी, किशार प्रसाद मरासिनी, रामु सुनार, चन्द्रमणी भण्डारी, चन्द्रमणी पाण्डे, कमला श्रेष्ठ (बजिमय) र शशी केसी निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचन समितिले घोषणा गर्न बाँकी रहेको बताइएको छ । गुल्मी उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि ५८६ जना मतदाताले मतदान गर्दैछन् ।
गत चैत ८ गते गुल्मी उद्योग वाणिज्य संघको ३३ औं साधारणसभा तथा अधिवेशनको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन कुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । यसअघि नन्दराम भुसाल, नरप्रसाद श्रेष्ठ, त्रैलोक्य प्रताप सेन, डिल्लीराज भुसाल, राजेन्द्र प्रसाद श्रेष्ठ, कृष्ण प्रसाद भण्डारी, अखिलेश्वर प्रसाद पाण्डेय, दुर्गा प्रसाद पाण्डेय, श्रीप्रसाद भलामी, इश्वरी प्रसाद पौडेलले गुल्मी उद्योग वाणिज्य संघको अध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच