
काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने प्रदर्शनका क्रममा सरकार र सुरक्षा संयन्त्रको गम्भिर त्रुटी भएको बताउनुभएको छ ।
शुक्रवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले प्रदर्शनकारीलाई आन्दोलनका लागि तीनकुने क्षेत्र नै किन दिइएको ? भन्दै प्रश्न समेत गर्नुभयो ।
उहाँले अराजकत प्रदर्शनको मुख्य योजनाकार सार्वजनिक गर्न समेत माग गर्नुभयो । उहाँले वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्नेभन्दा पनि विद्युत प्राधिकरण र राष्ट्र बैंकको गभर्नरको पछि मात्र लागेको आरोप लगाउनु भयो । उहाँले वर्तमान सरकार खालि सेटिङको पछि मात्र दौडिरहेको आरोप लाग्ने गरेको समेत टिप्पणी गर्नुभयो । तस्करी रोक्दै जनतामा रहेको निराशा चिर्न सरकारको योजना के छ ? उहाँको प्रश्न छ ।
उहाँले आन्दोलनरत शिक्षक, मिटरब्याज पीडित र सहकारी पीडितहरुका समस्या समाधान गर्न समेत सरकारको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘सरकार त अहिले विद्युत प्राधिकरण र राष्ट्र बैंकको गर्भनरतिर मात्र लागिरहेको छ । खालि अहिले त सेटिङको कुरा मात्र आइरहेको छ । अलिकति विचौलियाहरुको पनि कुरा आइरहेको छ । मुलुकमा सुशासन कायम गर्ने र जनताको आक्रोस कहाँ छ र त्यसलाई कम गर्ने भन्नेतिर भन्दापनि तस्करीलाई रोक्नेभन्दा पनि सरकार के गरेर बसेको छ ? यसबारे सरकारको के भनाइ हो । जनतामा रहेको निराशा र आक्रोश जुन छ यसलाई सरकारको के योजना छ ? अहिले शिक्षक, मिटरब्याज पीडित र सहकारी पीडित लगायतका आन्दोलनहरु भइरहेका छन् । उनीहरुले उग्र रुप लिएभने त गाह्रो हुन्छ यसबारे सरकारको के भनाइ हो ? ’
उहाँले कुनैपनि आन्दोलानलाई सामान्य रुपमा लिन नहुने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच