महिला फुटबल : नेपाल र बंगलादेश भिड्दै

Read Time = 1 min

काठमाडौं । नेपाल र बंगलादेशको महिला फुटबल टोलीबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज हुँदैछ ।

ढाकाको कमलपुरमा रहेको वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका सवा ५ बजे शुरु हुनेछ ।

यसअघि भएको पहिलो खेलमा नेपाल र बंगलादेशले १–१ गोलको बराबरी खेलेका थिए । पहिलो खेलमा बंगलादेशलाई बराबरीमा रोकेको नेपाल दोस्रो खेलमा जितका साथ स्वदेश फर्कन चाहन्छ ।

उता बंगलादेश भने गत भदौमा साफ च्याम्पियनसिपमा घरेलु मैदानमै नेपालविरुद्ध गरेको जितको लयलाई कायम राख्ने योजनामा छ। गएको वर्ष काठमाडौंमा भएको साफ च्याम्पियनसिपको फाइनल खेलपछि नेपाल र बङ्लादेश पहिलो पटक खेलेका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?