
कालीकोट । कालीकोटको महावै गाउँपालिकामा सम्पन्न दुई दिने विशेषज्ञ स्वास्थ्य शिविरबाट ६ सय ६९ जना स्थानीय बासिन्दाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् ।
चैत २१ र २२ गते आयोजित उक्त शिविरमा जेष्ठ नागरिक, बालबालिका तथा वयस्कलाई लक्षित गर्दै हाडजोर्नी तथा नसा रोग, स्त्री तथा मातृस्वास्थ्य, बालरोग, सामान्य शल्यक्रिया, परिवार नियोजन र निदानात्मक सेवा लगायतका विविध स्वास्थ्य सेवा प्रदान गरिएको हो ।
स्वास्थ्य सेवा कार्यालय कालीकोट, महावै गाउँपालिका स्वास्थ्य शाखा, महावै आधारभूत अस्पताल, ओदा फाउन्डेसन र प्रदिया फाउन्डेसनको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको थियो ।
महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहका अनुसार, गाउँपालिकामै विशेषज्ञ सेवा उपलब्ध गराउँदा सेवाग्राहीहरूलाई सहजता हुनुका साथै गुणस्तरीय उपचार पाउने अवसर पनि प्रदान भएको छ । "शिविर सफल बनाउन साथ दिने सबै साझेदार संस्थाहरूलाई धन्यवाद दिन दिँदै," अध्यक्ष सिंहले, "यही चैत २६ र २७ गते आँखा उपचार शिविर पनि सञ्चालन गर्न लागिएको छ जानकारी दिनुभयो ।"
जिल्ला अस्पताल कालीकोटका जनस्वास्थ्य अधिकृत कटक महतले गाउँमै यस्तो सेवा सञ्चालन हुँदा नागरिकहरूलाई ठूलो राहत पुगेको प्रतिक्रिया दिनुभयो । "विशेषगरी दुर्गम बस्तीमा बसोबास गर्ने नागरिकका लागि गाउँमै सेवा पाउनु निकै प्रभावकारी र सहज हुने देखिएको छ," महतले भन्नुभयो ।
शिविरका क्रममा सेवा लिनेहरूको संख्या र प्रतिक्रिया हेर्दा यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको आयोजकहरूले बताएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच