
हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौडा -७ घर भई हाल नेपालचोक स्थित डेरा गरी बस्ने वर्ष ३४ को दिनेश गोले, हेटौंडा(१० बस्ने वर्ष २८ को निरोज लामा र वर्ष ३३ को महमद रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार बिहिवार लागुऔषध कारोबार भईरहेको विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौडा मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
फेला पारी रितपुर्वक शरीर तथा कोठा समेतको खानतलासी गर्ने क्रममा निजहरुले लुकाई छिपाई राखिएको अवस्थामा २ ग्राम ५० मिलि ग्राम लागूऔषध खैरो हेरोईन र ११ बोतल लागूऔषध फेला परेको थियो।
उक्त लागूऔषध बरामद गरी निजहरु दिनेश गोले, निरोज लामा र महमद मियाँलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागुऔषध खैरो हेरोईन समेत मुद्धामा ७ दिनको म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको जानकारी दिइएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच