
रुपन्देही । गौमुखी गाउँपालिका प्यूठान र मदाने गाउँपालिका गुल्मी बीच अन्तर स्थानीय तह समन्वय बैठक गौमुखी गाउँपालिकामा सम्पन्न भएको छ ।
गौमुखी गाउँपालिका प्यूठानका अध्यक्ष विष्णु कुमार गिरी र मदाने गाउँपालिका गुल्मी अध्यक्ष महेन्द्र बहादुर कुँवर बीच अन्तर स्थानीय तह दुबै गाउँपालिकाको एक आपसमा परिपूरक सम्बन्ध, समन्वय, सहकार्यमा टोप्रे गुफामा भौतिक संरचनालगायतका पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र दुबै पालिकाले आ ब २०८१/८२ मा बजेट कार्यन्यन गरेका योजना सम्पन्न गर्ने समझदारी भएको छ ।
यस्तै आर्थिक बर्ष २०८२/८३ को लागि संघीय सरकार र प्रदेश सरकार समक्ष बजेट माग गर्ने निर्णय गर्दै विकास निर्माणका लागि दुई पक्षीय साझा समझदारी पत्र घोषणा गर्दै सम्पन्न भएको गौमुखी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम पौडेलले बताउनु भयो ।
कार्यक्रममा मदाने गाउँपालिका गुल्मी उपाध्यक्ष सरिता खड्का प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थी तथा गौमुखी गाउँपालिका प्यूठानका उपाध्यक्ष महाविर राना, प्रमुख प्रशासकीय अधिकृत पौडेललगायत पालिकाका अन्य कर्मचारीहरु सहभागी भएको पालिकाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच