
मुगु । कर्णाली प्रदेश मै पहिलो पर्यटक प्रहरी पोष्ट मुगु जिल्लामा स्थापना गरिएको छ ।
नेपाल कै ठूलो तथा गहिरो ताल रारा ताल घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरुको रारा घुमघाम तथा बसाेवासलाई सुरक्षित बनाउने उद्देश्यले सोमबार रारा ताल क्षेत्रको प्रवेश नाका रारा विमानस्थल नजिक अस्थायी पर्यटक प्रहरी पोष्ट स्थापना गरिएको हो ।
पर्यटक प्रहरी पोष्ट स्थापनाको उद्घाटन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथी छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णु कुमार भामले रारालगायत मुगुमा रहेका धार्मिक तथा प्राकृतिक अन्य पर्यटकिय क्षेत्रहरुमा घुम्न आउने पर्यटकहरुको संख्या दिन प्रतिदिन बढिरहेकाले पर्यटकहरुको घुमाइ सुरक्षित र आनन्ददायी बनाउन पर्यटक प्रहरी राख्न नेपाल सरकार संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नगर कार्यपालिकाले निर्णयसहित माग गरे बमोजिम कर्णाली प्रदेश भरी मै मुगु जिल्लामा पहिलो पर्यटक प्रहरी पोष्ट स्थापना भएको बताउनु भयो ।
रारा विमानस्थल नजिक अहिले अस्थायी विट स्थापना भएपनि निकट भविष्य मै रारा नजिक सल्लेरिमा स्थायी विट स्थापना गरिने नगर उपप्रमुख ऐश्वर्या मल्लले बताउनु भयो । उहाँले भन्नुभयो सल्लेरीमा भवन तथा अन्य भौतिक संरचना बनाउन नगरपालिकाले सार्वजनिक जग्गा प्राप्तिका लागि प्रकृया अघि बढाएको छ । नेपाल सरकार वन मन्त्रालयबाट जग्गा प्राप्ति स्वीकृत हुनासाथ भौतिक संरचना बनाइ स्थायी रुपमै सल्लेरीमा पर्यटक प्रहरी पोष्ट स्थापना गरिनेछ ।
पर्यटक प्रहरीले पर्यटकको मात्र सुरक्षा नगरेर प्रहरीले गर्नु पर्ने अन्य काम पनि गर्ने भएकाले पर्यटक प्रहरी पोष्ट स्थापनाले नेपाल प्रहरीलाई मुगु जिल्लामा काम गर्न सहज हुने र रारासहित मुगुमा रहेका अन्य पर्यटकिय क्षेत्रहरुमा घुम्न आउने पर्यटकहरुको पनि घुमाइ अब सुरक्षित हुने आफुले विश्वास लिएको प्रहरी नायव उपरिक्षक सरोज गिरीले बताउनु भयो ।
हाल देश भर २९ वटा पर्यटक प्रहरी युनिटहरु रहेपनि कर्णाली प्रदेश भरी कतै पनि पर्यटक प्रहरी पाेष्ट थिएन । अब मुगुमा पर्यटक प्रहरीको ३० औं युनिट स्थापना भएसंगै कर्णालीमा पनि पर्यटक प्रहरी पुगेको छ । अस्थायी पर्यटक प्रहरी पोष्ट राराका सहायक प्रहरी निरिक्षक सन्जु कुमार विश्वकर्माका अनुसार पर्यटक प्रहरीकाे काम यहाँ घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरु माथि दुर्व्यवहार हुन नदिने, सुरक्षित महशुस गराइ घुमाइ लम्व्याउने, अपराधिक कृयाकलापमा संलग्न हुने जो कोहिलाई नियन्त्रणमा लिने र पर्यटकहरुलाई गाइड गर्ने जस्ता हुनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच