पाँचथरमा निर्वाचन आचारसंहिताका परे तीन वटा उजुरी

हिमालय टाइम्स
Read Time = 2 mins

-जितेन्द्र भण्डारी

पाँचथर । निर्वाचनको आचारसंहिता विपरीत काम गरेको भन्दै पाँचथरमा तीन वटा उजुरी परेको छ ।

खेलकुद सामाग्री वितरण गरेको, वडा कार्यालयहरुमा कार्यक्रम गरेको र दलका निर्वाचन प्रचार प्रसार सामाग्रीमा कर्मचारी प्रयोग भएको भन्दै तीन वटा उजुरी परेको मुख्य निर्वाचन अधिकृत कार्यालय पाँचथरले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालका अनुसार कार्यालयमा ती उजुरी परेका उपर आवश्यक छानविन गरी कारवाही प्रक्रिया अघि वढाईने बताउनुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार फिदिममा निर्वाचनलाई भयरहित, सुरक्षित, स्वच्छ र शान्तपूर्वक सम्पन्न गर्न जिल्लाका सरोकारवाला निकाय सवै लाग्नुपर्ने बताएको छ ।

यस्तै जिल्लाका १०२ वटा मतदान स्थल मध्ये ३४ वटा अति संवेदनशील, ५८ वटा संवेदनशील र १० वटा सामान्य रहेकाले ती संवेदनशील र अतिसंवेदनशील स्थलहरुको उचित ढंगबाट सुरक्षा ब्यवस्थाको प्रवन्ध मिलाईएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?