
झापा । कम्युनिष्ट पार्टीसँगको सात दशक लामो सम्बन्ध विच्छेद गर्दै झापाका पुराना वामपन्थी नेताले एमालेसँगको आबद्धता तोड्नु भएको छ । २००९ सालमा "नेपालको सहर, कम्युनिष्ट उठे कयौं हजार" गीत सुनेर वामपन्थी रुझानमा समर्पित कृष्णप्रसाद उप्रेतीले नेकपा एमाले पार्टी छाडेको घोषणा गर्नु भएको हो ।
झापा मेचीनगर नगरपालिका --६ काँकरभिट्टाका उप्रेतीले एमाले झापा अध्यक्षलाई सम्बोधन गरेको जानकारीपत्र आज सार्वजनिक गर्दै एमाले छाडेको घोषणा गर्नुभएको हो । उहाँले १७ दिनको प्रशिक्षण पछि २०१९ सालमा रामनाथ दाहालले घरमै ल्याएर दिएको कम्युनिष्ट पार्टीको सदस्यता आजकै मितिबाट त्यागेको बताउनुभयो ।
दाहाल २०२८ सालमा पञ्चायती सरकारले सुखानीमा हत्या गरेका पाँच कम्युनिष्ट योद्धा मध्येका एक हुन् । पार्टी सदस्यता त्यागपत्रमा उप्रेतीले आफूलाई कम्युनिष्ट बन्न प्रेरित गर्ने गुरुहरु रत्नबहादुर प्रसाईं, लक्ष्मणबहादुर प्रसाईंलाई स्मरण गर्नु भएको छ ।
" लामो समयको स्वास्थ्य उपचारपछि फर्केर मैले नेताहरुको अपमान परेका साथीहरूलाई भेटेँ, धेरै साथीले पीडित भएर पार्टीमा रहन नसक्ने बताउनुभयो" उहाँले पार्टी परित्यागपत्रमा लेख्नुभएको छ, " मैले यो के गरेको भनेर नेताहरूसँग प्रष्ट कुरा राख्दा मलाई नै प्रतिष्ठानको अध्यक्षबाट हटाइयो,स्पष्ट कुरा राख्दा अपमान गर्ने आपराधिक प्रवृत्तिका मानिससँग बस्न नसकिने निष्कर्षसहित पार्टी छाड्ने निर्माण गरेको हुँ ।"
उप्रेती २०३५ सालमा कम्युनिष्ट पार्टीको तर्फबाट २०३५ सालमा तत्कालीन काँकडभिट्टा गाउँ पञ्चायतको प्रधानपञ्च निर्वाचित हुनु भएको थियो । एमालेको स्थानीय नेतृत्वमा रहेर निरन्तर काम गर्नु भएको उप्रेतीसँग एमाले झापा जिल्ला कमिटीमा रहेर काम गरेको अनुभवसमेत छ ।
जीवनभर कम्युनिष्ट पार्टीमा सक्रिय उप्रेतीले जीवन उत्तरार्ध्द स्वतन्त्र भएर रहने स्पष्ट पार्नु भएको छ । उहाँले भन्नुभयो, " म किन चाहियो, अरु छन् काम गरिहाल्छन्, पार्टी चलिहाल्छ नि !" उप्रेतीले पार्टी परित्यागपत्रकोबोधार्थ एमाले मेचीनगर कमिटीलाई समेत दिनुभएको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा एमालेका पुराना नेताले पार्टी परित्याग गर्ने क्रमले निरन्तरता पाएको छ । यसअघि झापाकै पुराना कम्युनिष्ट नेता यज्ञराज प्रसाईंले एमाले अध्यक्ष ओलीको कार्यशैलीप्रति असहमत हुँदै पार्टी छोड्नु भएको थियोे । झापा अर्का पुराना एमाले नेता लोकबन्धु कन्दङ्वा करिब एक वर्षअघि नै माओवादीमा प्रवेश गर्नु भएको छ ।
उप्रेतीले यसकारण छाडे एमाले :
पार्टीका नेताहरूले आफूलाई भानु साहित्यिक प्रतिष्ठानको अध्यक्षबाट अपमानजनक ढंगबाट हटाइएको दुखेसो गर्नु भएको छ । चैत १५ गते सम्पन्न निर्वाचन कार्यक्रमबाट सो प्रतिष्ठानको अध्यक्षमा डिल्लीराम घिमिरे सर्वसम्मत निर्वाचित भएको घोषणा गरिएको थियोे ।
अध्यक्षका अर्का दाबेदार शुभद्रा भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि अध्यक्षमा घिमिरे सर्वसम्मत भएको जनाइएको थियो । उप्रेतीले आज व्यक्त गरेको असन्तुष्टि रहस्य अर्कै भएको संकेत गरेको छ ।
विदेश उपचारमा जाँदा उप्रेतीले उपाध्यक्ष रहनु भएको घिमिरेलाई कार्यबाहकको जिम्मेवारी तोक्नु भएको थियो । घिमिरे गएको स्थानीय तह निर्वाचन ( ७९ वैशाख ३०) मा मेचीनगर नगरपालिकामा मेयरको टिकट नपाएपछि रुँदैरुँदै एमाले छोडेकानेताले हुनुहुन्छ । केही समयपछि नै उहाँ एमालेमा नै फर्कनु भएको थियोे ।
घिमिरे अध्यक्ष निर्वाचित भएको घोषणा गरिएपछि उप्रेतीले जिल्ला प्रशासन कार्यालय झापामा निर्वाचन बदरको माग गर्दै निवेदन हाल्नु भएको छ । उहाँले जिल्ला प्रशासनमा दिएको निवेदनमा आफूलाई समय अगावै हटाइएको र निर्वाचन बदर गर्न माग गरिएको छ ।
प्रशासनले प्रतिष्ठानको नाममा पत्र काटेको बताइएको छ । तर, प्रशासनको पत्रमा के उल्लेख छ, त्यो खुल्न सकेको छैन । दाबी अनुसार प्रशासनको पत्रमा निर्वाचन बदर गर्नु, नत्र प्रतिष्ठानको दर्ता खारेज हुनसक्ने उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच