‘कलौं चण्डी विनायकौं ।’ अर्थात्, कलियुगमा चण्डी र गणेशलाई फलदायी, सिद्धि प्रदान गर्ने देवताको रूपमा लिइन्छ । यसै क्रममा भगवान् गणेशको उपासना तथा साधना काठमाडौं उपत्यकामा विशेष महत्वका साथ गरिन्छ । काठमाडौं उपत्यकामा रहेका चार गणेशको पूजन, साधना शास्त्रीय तथा पर्यटकीय हिसाबले महत्वपूर्ण छ ।
‘सर्वविघ्न विनाशाय सर्वकल्याण्हेतवे, पार्वतीप्रिय पुत्राम गणेशाय नमोनमः ।।’ गणेश प्रार्थना सबैको हृदयमा प्रष्फुटित भइरहने हुनाले गणेशको महत्व काठमाडौं उपत्यकामा बढ्दै गइरहेको पाइन्छ । सूर्यविनायक भक्तपुर, कार्यविनायक ललितपुर, चन्द्र विनायक चावहिल, काठमाडौं र अशोकविनायक काठमाडौं उपत्यकाका चार गणेशका रूपमा प्रसिद्ध छन् ।
गणेश अथर्वशीर्ष, गणेश सहस्त्रनामको अध्ययन र साधनाको क्रममा यी स्थानहरूको महत्व बुझ्न सकिन्छ । सत्ययुग, त्रेता, द्वापर र कलियुगमा गणेशका विभिन्न अवतारबारे अध्ययन गर्दै विश्वशान्ति र मेलमिलापका साथ समृद्धिका लागि गणेश साधना र यी गणेश तिथिहरूको महत्व बढेर गएको छ ।
गणनिधि नाम गरेका ऋषिका पुत्र प्राणनाथको मृत्युपछि पशुपतिनाथको कृपा र आज्ञाअनुसार सूर्यदेवको प्रथम किरण परेको स्थानमा गणेशको उत्पत्ति भई मुनि पुत्रको जीवन पुनः प्राप्त भएको सूर्यविनायकको प्रसंग नेपाल महात्मयमा पाइन्छ । ऋणनाशक, सिद्धिदायक, समृद्धिदायक, आयुष्यदायक र सन्तानदायक देवता हुन् भन्ने जनविश्वास छ । भक्तपुर जिल्लाको सिद्धिदाताको रूपमा भक्तपुरवासीले मान्यता राखेको पाइन्छ । जयदेव गणधीश, विघ्नराज, नमोस्तुते । महदिवप्रिय पुत्र, नमोस्तुते । नमस्ते भक्तिगम्याय देवदेवाय ते नमः । पार्वती प्रियपुत्राय नमो गजमुखाय च ।। चर्तुहस्ताय देवाय नमः परशु धारिने । भक्तानां गयहत्रे च नमस्ते मोदकप्रिय ।।
पाशहस्त नमस्तुस्ते देवदेव नमोस्तु ते । नमस्तुम्यं नमः सूर्यविनायक ।। गजाननं भुतगणदिसेवितं कपित्यजम्बुफलचारुभक्षणम् । उमासुतं शोकविनाशकारकं नमामि विध्वेश्वरपादपङकजम् ।। अशोक विनायकको यस स्तुतिले भक्तहरूको सवै शोकहरूको नाश गर्ने कुरा स्पष्ट पार्ने हुँदा अशोकविनायक सम्पूर्ण शोकहरूको नाश गर्ने विनायकको रूपमा प्रख्यात हुनुहुन्छ । काठमाडौंको हनुमानढोका अगाडि काष्ठमण्डपको समिप रहेको मन्दिरको गजुर छैन । मरुगणेशको नाउँमा पनि स्थानीयमाझ प्रख्यात अशोकविनायक शाहवंशीय राजाहरूको प्रमुख आराध्य देवता हुनुहुन्छ ।
हनुमानढोका दरबारमा धार्मिक कार्यमा राजकीय सम्मानपूर्वक अशोकविनायकको पूजा-आराधना गर्ने परम्परा रहीआएको छ । राजाको राज्यभिषेक हुँदा सिन्दूरजात्रा हुनुभन्दा पहिले राजाद्वारा हनुमानढोकाबाहिर गई अशोकविनायकको दर्शन गर्ने परम्परा रहेको थियो । व्रक्रतुण्ड महाकाय सूर्यकोटीसमप्रभा अविघ्नं कुरुमेदेवा सर्वकार्येषु सर्वदा ।। यं निर्जरासुरनरा अखिलाथर्सिद्धयै भुर्यन्तरायहतयेदनुदिनं नमिन्त । तं भक्तकामपरिपुरणकल्पवृक्षं भक्तया गणेशमखिलार्यमा नतोस्मि ।। सबै कार्यको सिद्धि प्रदान गर्ने विनायकको रूपमा प्रतिष्ठित कार्यविनायकको मन्दिर ललितपुरको भैंसेपाटीनजिकै सैंभुमा रहेको छ । कामरूप कामाक्षाबाट मत्स्येन्द्रनाथलाई सँगै ल्याइएको बताइन्छ ।
कामाख्या कामरूपका कामरूपविनायकको रूपमा कार्यविनायकलाई लिइन्छ । कार्यविनायकलाई बौद्ध धर्मावलम्बीहरू बुङ्मती लोकेश्वर अथवा पणपाजी लोकेश्वर मानेर आराधना गर्दछन् । उपत्यकाका बौद्ध धर्मावलम्बी किसानहरू कार्यविनायकलाई धनधान्यको अभिवृद्धि गराउने बुङ्गमा लोकेश्वरका रूपमा मान्दछन् । बौद्धहरूका बुङ्माहा लोकेश्वर पनि कामरूपबाटै यहाँ ल्याइएका हुन् भन्ने जनश्रुति छ । कुनै पनि कार्यको शुभारम्भ गर्दा श्री गणेशको पूजाराधना गरेमा कार्यसिद्धि हुने विश्वास भएकाले कार्यविनायक वा सिद्धिविनायकको पूजा-आराधना गर्ने परम्परा रही आएको छ ।
‘नमामि देवं द्विरदाननन्तं यः सर्वविघ्न हरते जनानाम् । धर्मार्थकामन् तनुतेरिवलान् यो तस्मै नमो विध्नविनाशानाय ।।
कृपानिधे ब्रहृममजाय देव ! विश्वात्मने विश्वविधानदक्ष । विश्वस्थबीजाय जगन्मयाय त्रैलोक्यसंहारकृते नमस्ते ।।
त्रयीमयायाखिलबुद्धिदात्रे वुद्धिप्रदीपाय सुर्राधपाय । नित्याय सत्याय च नित्यवुद्धे नित्यं निरीहाय नमोस्तुतुभ्यमू ।।
चन्द्रविनायकको मन्त्रात्मक प्रार्थना पद्य शास्त्रीय रूपमा महत्वपूर्ण छ । काठमाडौंको चावहिलस्थित चन्द्रविनायक ऐतिहासिककालदेखि प्रसिद्धिप्राप्ति देवस्थान हो । यस विनायकलाई चन्द्रविनायक, श्वेतविनायक, रक्तविनायक, लोहनशालाविनायक, धन्वन्तरीविनायक र श्री गुरु सिद्धिविनायकको रूपमा पुजिन्छ ।
रक्तसम्बन्धी रोगबाट उन्मुक्तिका साथै मन्त्र सिद्धि गुरु साधनाका लागि चन्द्रविनायकको महत्व छ । बौद्ध धर्ममावलम्बीसमेतले उपासना गर्ने चन्द्रविनायकको परम्परालाई हिन्दू-बौद्ध परम्परालाई जोड्न मद्धत पुगेको छ । एवं प्रकार बौद्धिक र तन्त्र साहित्यमा गणेशको महत्व र साधनाका बारे गरिएको व्यवस्थालाई विभिन्न स्थानमा प्रतिष्ठा गरिएकाले सबै स्थानको महत्व बढेर गएको छ । गणेश अथर्वशीर्ष, गणेश सहस्त्रनामको अध्ययन र साधनाको क्रममा यी स्थानहरूको महत्व बुझ्न सकिन्छ । सत्ययुग, त्रेता, द्वापर र कलियुगमा गणेशका विभिन्न अवतारबारे अध्ययन गर्दै विश्वशान्ति र मेलमिलापका साथ समृद्धिका लागि गणेश साधना र यी गणेश तिथिहरूको महत्व बढेर गएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच