प्रधानमन्त्रीसँग अध्यक्ष नेपाल र अध्यक्ष यादवको भेट

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेट भएको छ ।

आईतवार सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा प्रधानमन्त्री दाहालसँग दुई शीर्ष नेताहरुले भेट गर्नुभएको हो । भेटपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएको प्रधानमन्त्री दाहालले भेटमा दुई राजनीतिक दलहरु सकारात्मक रहेको र विश्वासको मत दिनेमा विश्वस्त रहेको बताउनु भयो ।

उहाँले छलफलमा विश्वासको मत लिने बारेमा नै छलफल भएको र दुई नेताहरु सकारात्मक रहेको बताउनु भयो । त्यस्तै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बारेमा छलफल चलिरहेको र पुनः छलफल हुने बताउनु भयो । उहाँले पार्टीले प्रधानमन्त्रीलाई समर्थन गरेको बताउनु भयो ।

बैठकपछि संसदीय दलको कार्यालयबाट निस्किने क्रममा नेताहरुमा भने नैराश्यता स्पष्ट देख्न सकिन्थ्यो । प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिँदै हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?