
राजकुमार कार्की
ओखलढुंगा । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिट ब्यूरो सदस्य पुस्कर श्रेष्ठले अहिलेको व्यवस्था गरिब जनताको पक्षमा नभएको बताउनु भएको छ ।
जनसम्बन्ध बिस्तार अभियानको क्रममा ओखलढुंगा आइपुग्नु भएका श्रेष्ठले यस्तो बताउनु भएको हो । मंगलबार ओखलढुंगा सदरमुकाममा -यालीसहित कोणसभा गरिएपश्चात पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो ।
पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता श्रेष्ठले अहिलेको ब्यवस्था गणतन्त्र भएपनि दलाल पूँजीबादीहरुको ब्यवस्था भएको बताउनु भयो । अहिलेको गणतन्त्रमा गरिबको, किसानहरुको मुद्दामा सम्बोधन छैन, बिचौलीया र ठेकेदारको गणतन्त्र भएकाले गरिब किसान र मजदुरको गणतन्त्र ल्याउन क्रान्तिकारी कम्युनिष्ट पार्टी लागेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै बैकल्पीक पोलीटब्युरो सदस्य गणेश खड्गीले अहिलेको गणतन्त्र भनेको बुर्जुवा गणतन्त्र भएको आरोप लगाउनु भयो । जनयुद्ध लड्दा बुर्जुवा गणतन्त्रको लागि नभई वास्तविक गणतन्त्रको लागि लडिएको भएपनि नेकपा माओबादीबाट धोकाधडी भएको बताउनु भयो । किसान, मजदुर, दलित निम्न वर्ग र राष्ट्रिय पूँजीपतिहरुको संलग्नतामा जनगणतन्त्रको स्थापना गर्ने एजेण्डा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाले बोकेको बताउनु भयो ।
चैत ४ गतेबाट सुरु गरिएको जनसम्बन्ध बिस्तार अभियान ओखलढुांमा चैत २९ गते सम्म सन्चालन हुने जानकारी दिएका छन् । देशैभरी जनसम्बन्ध बिस्तार कार्यक्रम बैशाख १८ गते काठमाण्डौमा बिशाल जनसभा गरेर समापन गरिने केन्द्रीय सदस्य रुद्र फुयाँल (पर्वत) ले जानकारी दिनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच