
दाङ । आफू नेपाली भएर पनि नेपाली हुन नपाएको महसुस नेपाल भारतीय सीमा क्षेत्र डगमारा नाकाबासीले वर्षौँदेखि गर्दै आइरहेका छन् ।
सडकको दूरावस्थाका कारण आफ्नै भूमिको बजार टेक्न नसकेका नाकाबासी भारतको आश्रयमा बाँचिरहेका छन् । खानेपानीको मुहान सुक्ने तरखरमा छन् । उनिहरुले पिउने पानीकोसमेत चरम अभाव खेप्दै आएकाछन् । खानेपानीको मुहानबाट पाइप जोडेर घरसम्म पानी पुर्याएका छन् । अब नजिकका मूल सुक्ने तरखरमा छन् ।
नेपाली बजारसम्म पुग्न यातायातका साधनको पहुँच नहुँदा डगमारा नाकाबासी भारतीय बजारमै आश्रित रहँदै आउनु परेको छ । वर्षाको समयमा त्यहाँका नागरिक वारि आउन पैदल हिँड्नुको विकल्प छैन । अहिले पनि त्यो ठाउँबाट नेपाली बजारसम्म आउन सवारी साधनको असुविधा छैन । यो सडकमा ठुला सवारी साधन चल्न सक्दैनन् ।
डगमारावासीहरू उपचारका लागि भारत जानुपर्छ । देउखुरीको राजपुरदेखि डगमारा नाका पुग्न पहाडी कच्चीबाटो भएर झन्डै चार घण्टाको समय लाग्छ । कच्ची ट्रयाक मात्रै खोलिएको यो बाटो वर्षा याममा बन्द हुन्छ । स्थानिय सुर्जबहादुर गुरुङ भन्नुहुन्छ, ‘हामी त नामकामात्रै नेपाली हौँ, हरेक कामपर्दा भारतको भर नपरी हुन्न ।’
विद्युतको उज्यालो पनि पाएको छैन, नाकाले । विद्युत् विस्तारका लागिलामो समयदेखि मागगर्दै आएका नाकाबासी आफ्नो राज्यबाटै हेपिएको महसुस गर्दै आएका छन् । नाकालाई सञ्चारले पनि जोड्न सकेको छैन । त्यहाँ टेलिफोन सेवा छैन । २०४२ सालदेखि नाकामा बस्दै आएका सुर्जबहादुरले यी आधारभूत विकासको अपेक्षा उति बेलैदेखि गर्दै आइरहनु भएको छ । चारदशकदेखि वारिको यो हेपाइमा बाँचिरहेका सुर्जबहादुरहरूलाई आधारभूत सेवाका लागि भारतको हेपाइ सहनु परिरहेको छ भने आफ्नो देशले हेला गरिरहेको छ ।
भारतीय बजारमा आश्रित नेपाली सीमा क्षेत्रका नागरिकलाई भारत पसेर दैनिक रोजीरोटीका मालसामान घर भित्राउन सहज छैन । सीमा क्षेत्रमा रहेका एसएसबीका प्रमुखहरू फेरिने क्रमअनुसार सीमा क्षेत्रका नेपाली नागरिकमा फरक-फरक शासन चल्छ । एसएसबीका प्रमुखहरूको निर्णय बमोजिम नेपालीले कति सामान लिन पाउने भन्ने निर्धारण हुने गरेको स्थानीयको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच