
रुपन्देही । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारको कामले गति लिन नसकेको बताउनु भएको छ । उहाँले संख्याका हिसावले सबैभन्दा शक्तिशाली सरकारले आफ्नो शक्तिअनुसारको काम गरेर देखाउन नसकेको बताउनु भएको हो ।
नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. १ को बुधबार देवदहमा भएको दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले संसद र सरकारका लागि अझै दुई अढाई वर्ष बाँकी रहेकाले समयको सदुयोग गरेर सरकारको डेलीभरी दिन र संसदलाई विजनेस दिन आग्रह गर्नुभयो ।
काँग्रेस एमालेको संयुक्त सरकार रहेकाले आफूहरुले सरकारलाई सहयोग र खवरदारी संगसंगै गर्ने बताउँदै उहाँले भन्नुभयो–‘आज देशमा धेरै समस्याहरु छन्, सबैभन्दा ठूलो समस्या अर्थतन्त्रमा छ, रोजगारीको समस्या छ । सरकारको स्पिड पुगेन, डुल्ने घुम्ने कुरा छाडदिनुहोस, काम गर्नुहोस् ।’
‘बैंकमा यतिधेरै पैसा छ तर लोन लिन कोही जाँदैन, यहाँ केही हुँदैन बाहिरै जानुपर्छ भन्ने राष्ट्रिय रुपमै मनोविज्ञान बनेको छ ।’ उहाँले भन्नुभयो–‘उद्यमशिलता कसरी विकास गर्ने, वेरोजगार युवालाई राम्रो आम्दानी सहितको रोजगारी कसरी सिर्जना गर्ने भन्ने तर्फ हाम्रो ध्यान जान आवश्यक छ ।’
उहाँले सरकारले ठिक ढंगले काम गरेको भए शिक्षकहरु आन्दोलित हुन नपर्ने बताउँदै भन्नुभयो–‘विँड तातेर मात्रै नहुनेरहेछ, ताप्के तात्नुपर्दो रहेछ ।’
उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्रै भएको बताउँदै संघीय लोकतान्त्रिक व्यवस्थालाई अझै सुदृढ गर्नुपर्ने बताउनु भयो । संविधानमा धेरै कुराहरु रहेको बताउँदै दश वर्षको अनुभवले संविधान भित्रका केही अन्तरबस्तुहरुलाई सुधार गर्नुपर्ने भनाई राख्नुभयो ।
उहाँले भन्नुभयो–‘प्रणालीमा समस्या छ, जनप्रतिनीधिको संस्था धेरै छ, यति धेरै चाहिँदैन, संघीयता ठिक छ तर हामी टाउकाले टेकेर उभिएका छौं, खुट्टाले टेकेर उभिने बनाउनु पर्नेछ । होईन भने चल्दैन टिक्दैन, प्रदेशलाई पनि आफ्नै खुट्टामा उभिने बनाउनु पर्नेछ । प्रदेश संरचनालाई पनि संक्षिप्त र चुस्त बनाउनु पर्नेछ ।’ सरकारले यी कुरामा ध्यान दिनुपर्ने बताउँदै त्यसतर्फ छलफल र बहस आजको आवश्यकता भएको उहाँले भनाई राख्नुभयो ।
महामन्त्री थापाले पार्टीको १५ औं महाधिवेशन २०८३ मंसिर भित्रै हुने दावी गर्दै त्यसका लागि समयमै क्रियाशिल नवीकरण गरेर पार्टीलाई चुस्त बनाउन आग्रह गर्नुभयो ।
उहाँले पार्टीभित्र चरम गुटवन्दी रहेको बताउँदै पार्टीको विधि र पद्धतिमा रहेर काम गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–‘पार्टी भित्र चरम गुटवन्दी छ, केन्द्रमा मात्रै होइन, प्रदेश, जिल्ला, क्षेत्र, नगर, वडा, टोल त्यतिमात्रै होईन, भात्री संगठन र शुभेच्छुक संस्थामा पनि चरम गुटबन्दी छ ।’
क्षेत्रीय सभापति हिराबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नेपाली काँग्रेस र लोकतन्त्र एक अर्काका पर्यावाची रहेको बताउँदै लोकतन्त्रलाई बलियो बनाउन बलियो नेपाली काँग्रेस आवश्यक रहेको भनाई राख्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच