
कालीकोट । वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत-हुम्ला सडकखण्ड अवरुद्ध भएको छ । कालीकोटको रास्कोट नगरपालिका-८ को भात्तडीमा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सान्नी त्रिवेणी गाउँपालिका-३ सिस्नेमा गएको पहिरो प्रहरी, यात्रु तथा स्थानीयको सक्रियतामा पन्छ्याएपछि सञ्चालनमा आएको छ ।
रास्कोट नगरपालिका-८ भात्तडीमा गएको पहिरो प्रहरी, स्थानीय र स्काभेटरबाट पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख टेकबहादुर रावतले बताउनुभयो । “अहिले पहिरो पन्छाउने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “आज नै सडक सञ्चालनमा आउँछ ।” रासस
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच