
सर्लाही । सर्लाही जिल्लाको हरिपूर्वा नगरपालिका-९ स्थित मिर्चैयामा आज बिहान भएको सवारी दुर्घटनामा एक किशोरीको मृत्यु भएको छ भने अर्की घाइते भएकी छन् ।
ईश्वरपुर नगरपालिका-१३, श्रीनगर बस्ने रामदुलार महतोकी छोरी १७ वर्षीया अन्जलीकुमारी महतोको ट्रकको ठक्करबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिनुभयाे ।
दुर्घटनामा अन्जलीसँगै साइकलमा पछाडि सवार उनकी १५ वर्षीया बहिनी पूजाकुमारी महतो गम्भीर घाइते भएकी छन् । हाल उनको श्रीनगरस्थित एक स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न ना. ५ ख ३८५८ नम्बरको ट्रक श्रीनगरबाट धनकौलतर्फ जाँदै गर्दा दुवै दिदीबहिनीलाई किचेको बताइएको छ ।
प्रहरीकाअनुसार मृतक अन्जलीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ । ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय केशरगञ्जले नियन्त्रणमा लिइएको छ । स्थानीयकाअनुसार रामदुलार महतोको घर हरिपूर्वा र श्रीनगर दुवै स्थानमा रहेको छ । घटनाका बेला उनका छोरीहरू हरिपूर्वाबाट श्रीनगरतर्फ जाँदै थिए ।
डिएसपी राईले दुर्घटनाका सम्बन्धमा थप विवरण संकलन भइरहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने बताउनुभयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच