
भोजपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको व्यवस्थाबाट पुन पछाडि फर्कने अवस्था नआउने बताउनु भएको छ । मुलुक अहिलेको व्यवस्थाबाट पुन: पछाडि फर्कन नसक्ने महामन्त्री थापाको धारणा छ ।
शुक्रबार कांग्रेस भोजपुरको दोश्रो जिल्ला सम्मेलनलाई सदरमुकाममा सम्वोधन गर्नुहुँदै महामन्त्री थापाले पुरानो ब्यवस्थामा पुन: फर्कन खोज्नुलाई भुतप्रेतको संज्ञा दिँदै त्यो अब सम्भव नहुने बताउनु भएको हो ।
अब फेरि नेपालमा संवैधानिक राजा बनाउन नसकिने बताउँदै गणतन्त्रलाई संस्थागत गर्न त्यस भित्र देखिएका फोहरहरुलाई सफा गर्न जरुरी रहेको महामन्त्री थापाको भनाई छ ।
अहिले देखिएको असन्तुष्टिको आगो निभाउन जरुरी रहेको बताउँदै महामन्त्री थापाले लडेर ल्याएको ब्यवस्था संघीय गणतन्त्र भएकाले भ्रष्टाचार उन्मुलन , समान अवसरको ब्यवस्था र नेतृत्वकर्ताबाट पनि सही काम हुन नसक्दा असन्तुष्टि बढ्दै गएकाले त्यसलाई सुधार गर्दे अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । २०४६ सालपछि लाभमा रहेका ब्यक्तिको छानबिन गर्न शक्तिशाली आयोगको जरुरी रहेको बताउँदै महामन्त्री थापाले छानबिनमा कांग्रेसका नेता अथवा जोसुकै परेपनि त्यसको भारी कांग्रेसले नबोक्ने बताउनुभयो । कांग्रेसकै प्रस्तावमा अख्तियार अनुसन्धान आयोग पनि बनेको थापाले बताउनुभयो ।
निर्वाचन प्रणालीमा पनि सुधार जरुरी रहेको बताउँदै संघीय सांसद समेत रहनु भएका थापाले पाँच बर्ष सरकार चलाउन पाउने ब्यवस्था गरिनु पर्ने बताउनुभयो ।
संघीय संरचना खुट्टाले उभिएर चलाउनु पर्नेमा टाउकोबाट चल्दै आएको बताउँदै थापाले संघको छाँया प्रदेशलाई बनाउने होइन बरु मुख्यमन्त्री समेत प्रत्यक्षरुपमा पाँच बर्षका लागि छान्ने ब्यवस्था गरिनु पर्ने बताउनुभयो ।
पार्टीको महाधिवेशन तोकिएको समय भित्र नै हुनु पर्ने बताउँदै महामन्त्री थापाले अहिले त्यसका लागि आवश्यक तयारी भई रहेको बताउनुभयो । २०८३ मंसिर भन्दा पछाडि महाधिवेशन गर्न नपाइने बताउँदै थापाले क्रियाशिल सदस्यता बितरण तोकिएको समय भित्र नै सम्पन्न गर्न जरुरी रहेको बताउनुभयो । पार्टी भित्र देखिएका फोहर बिकृति हटाउन जरुरी रहेको थापाको भनाई छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच