
काठमाडाैं । दक्षिणी गाजा पट्टीको खुजाआ शहरमा ४१ वर्षीय हुसम डल्लोल कुदेइहले आश्रयस्थलबाट सूर्यास्त हेर्दै आफ्नो भविष्यको बारेमा सोचेका थिए । जहाँ इजरायली युद्धले उनको जीवनको हरेक पक्षलाई असर गरिरहेको थियो ।
आफूहरुले जन्मभूमि छोडेर कतै पनि जान नसक्ने उनको भनाइ छ । भत्किएको घरमा सुत्नपरे पनि आफूहरुले आफ्नो जन्मस्थान नछोड्ने उनीहरुको अडान छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका बासिन्दाहरूलाई अन्य देशहरूमा स्थानान्तरण गर्ने सुझाव दिएपछि उनका शब्दहरूले गाजाका बासिन्दाहरूमा बढ्दो अवज्ञाको भावना झल्काउँछ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग वाशिंगटनमा भएको भेटमा ट्रम्पले प्यालेस्टिनीहरूलाई विभिन्न देशहरूमा सार्न सुझाव दिएका थिए । ट्रम्पको टिप्पणीले प्यालेस्टिनी क्षेत्रहरूमा आक्रोश फैलाएको छ ।
मार्च १८ मा गाजामा इजरायली सैन्य कारबाही पुनः शुरु भएदेखि, कम्तिमा १ हजार ४८२ प्यालेस्टिनीहरू मारिएका छन् । ३ हजार ६ सय भन्दा बढी घाइते भएका छन् ।
- सिन्ह्वा/न्युज एजेन्सी नेपाल
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच