
-चञ्चलकुमार झा
रौतहट । नेकपा (एकीकृत समाजवादी)को नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा कमल यादव सर्वसहमतिबाट चयन हुनुभएकाे छ ।
रौतहटको चन्द्रनिगाहपुरमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को नवौं जिल्ला अधिवेशनको सम्पन्न बन्द सत्रमा सर्वसम्मतिले कमल यादवलाई जिल्ला अध्यक्षमा चयन गरिएको हो ।
जिल्ला अधिवेशनबाट उपाध्यक्ष पदमा मदन सापकोटा र जिन्दा देवीलाई चयन गरिएको छ भने बालकृष्ण श्रेष्ठलाई सचिवको जिम्मेवारी दिइएको नेकपा एसको केन्द्रिय सदस्य रेवन्त झाले जानकारी गराउनु भयो । केन्द्रिय सदस्य झाकाअनुसार उपसचिवमा ब्रजेश सिंह, प्रविन्दर प्रसाद पटेल र रामवलीकुमार यादबसहित ७४ सदस्यीय कार्यसमिति सर्वसहमतीका साथ चयन गरिएको हिमालय टाइम्सलाई जानकारी गराउनु भयो ।
अध्यक्षमा चयन भएपछि कमल यादवले आफ्नो मन्तव्य राख्दै पार्टीलाई जिल्लामा थप सुदृढ बनाउँदै जनभावनाअनुसार जनताको हितमा कामगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष यादवले सबै सदस्यहरूको सहयोग र सहकार्यमा पार्टीलाई सबल बनाउन र पार्टीको लक्ष्य हासिल गर्न एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
रौतहटको गरुडामा विहिवार देखि सुरु भएको जिल्ला अधिवेशन जिल्लाको बन्द सत्र चन्द्रनिगाहपुरमा शुक्रवार राती सम्पन्न भएको छ । अधिवेशनमा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच