
दाङ । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलको कविता संग्रह ‘बाको अनुहार’ सार्वजनिक भएको छ ।
कविता संग्रह कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विमोचन गरेका गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले साहित्यीक सिर्जनाको प्रभाव दीर्घकालसम्म रहने वताउदै साहित्यले समयको चित्रण गर्नु पर्ने तर्क गर्नुभयो । साहित्यले समसामयीक परिवेशलाई प्रदर्शन गर्नुपर्छ,’ उहाँले भन्नुभयो,’विपुलका कविताले देश र परिवेशको चित्रण गरेका छन् । यसले लामो समय प्रभाव छोड्नेछन् ।’
संग्रहको समीक्षा गर्दै साहित्यकार कृष्णराज डिसीले पोख्रेलका कविताले आफ्ना बाको मात्रै नभएर सबै बाआमाहरूको कथाव्यथा पस्केको बताउनुभयो । अर्का समिक्षक राप्ती साहित्य परिषद्का अध्यक्ष टिकाराम उदासीले पोख्रेलका कवितामा देशपरिवेश र समाजको सही चित्रण भएको बताउनुभयो।
संग्रहको सम्पादन आदिम केसीले गर्नुभएको छ । ३० वटा कविता समेटिएको संग्रहको प्रकाशन गोरक्ष दैनिकले गरेको छ । यस अघि पोख्रेलको नेपाली काँग्रेसको यात्रा राजनीतिक पुस्तक प्रकाशित भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच