
कालीकाेट । नयाँ वर्षको शुभारम्भसँगै सुर्खेतको वीरेन्द्रनगरमा तीन दिने शिक्षा सम्बन्धी विशेष प्रदर्शनी तथा कार्यशाला कार्यक्रम आयोजना हुने भएको छ ।
कर्णाली विकास केन्द्रको पहलमा, वीरेन्द्रनगर नगरपालिका र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा बैशाख ३, ४ र ५ गते आयोजना हुने यो कार्यक्रममा कर्णालीको शैक्षिक अवस्था, शिक्षाका सूचकहरू, समस्याहरू तथा समाधानका विकल्पबारे बृहत अन्तरक्रिया तथा बहस गरिनेछ ।
कार्यक्रममा शिक्षाविज्ञ, जनप्रतिनिधि, अभिभावक, विद्यार्थी, कर्णाली प्रदेशका मुख्यमन्त्री, पूर्वमुख्यमन्त्री, मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति, शिक्षासँग सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहनेछ । शिक्षाका सूचकहरूमा कर्णालीको अवस्था निकै जटिल रहेको भन्दै यसबारे व्यापक विचार मन्थन गर्न कार्यक्रम आयोजना गरिएको कर्णाली विकास केन्द्रका उपाध्यक्ष मनोज प्रसाद देवकोटाले जानकारी दिनुभयाे ।
कार्यक्रममा कर्णाली र राजधानीका उच्च शिक्षण संस्थाका प्रतिनिधिहरू, कर्णालीका १० वटै जिल्लाका स्थानीय सरकारका प्रतिनिधिहरू तथा ७९ स्थानीय तहका विद्यालयबाट विद्यार्थी र अभिभावकहरूलाई निमन्त्रणा गरिएको छ ।
शैक्षिक सूचकको विश्लेषण, कर्णालीबाट उच्च शिक्षा हासिल गर्न बाहिर जानुपर्ने अवस्था, सीमान्तकृत समुदाय र शारीरिक अपाङ्गता भएका बालबालिकाहरूको शैक्षिक अवस्था तथा त्यसको समाधानका विकल्पहरूबारे पनि विशेष छलफल गरिनेछ । साथै पछिल्लो शैक्षिक प्रविधि र प्रविधिले सिर्जना गरेका नयाँ अवसर तथा चुनौतीहरूबारे शिक्षाविद्हरूको प्रस्तुति तथा बहस पनि हुने केन्द्रले जनाएको छ ।
कर्णाली विकास केन्द्रका अध्यक्ष नवीन जैसीका अनुसार कार्यक्रमले शिक्षाका समग्र सूचकांकहरूको विश्लेषण गरी कर्णालीको शैक्षिक अवस्थालाई उजागर गर्नुका साथै त्यसलाई सुधार गर्न नीतिगत र व्यवहारिक विकल्पहरूबारे ठोस छलफल गर्ने अपेक्षा गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच