
खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीस्थित सुम्निमा पारुहाङ पार्कमा रहेको सुम्निमा पारुहाङको मूर्ति तोडफोड भएको छ ।
चैत २९ गते रातिको समयमा पार्कमा रहेको सुम्निमा पारुहाङको पूर्णकदको मूर्ति भाँचेर तोडफोड भएको हो। सुम्निमा पारुहाङको बिचमा रहेको (वाबु) चिण्डोमा पनि भारी वस्तुले हानेर क्षति पुर्याएकाे छ ।
तोडफोडबाट ८ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । तोडफोड गर्ने मानिस तत्काल पत्ता नलागे पनि खोजतलास तथा अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
सुम्निमा पारुहाङ पार्कलाई जिल्लाकै मुख्य पर्यटकीय स्थलका रुपमा विकास गर्न विभिन्न समयमा बजेटको व्यवस्था समेत भएको अवस्थामा मूर्ति तोडफोड कार्य निन्दनीय र निकृष्ट भएको भन्दै गाउँपालिकाले शनिबार विज्ञप्ति जारी गरेर भत्र्सना गरेको छ ।
अज्ञात व्यक्ति वा समूहद्धारा भएको अक्षम्य अपराधिक घट्नाको गम्भीर अनुसन्धान गरी चाँडो भन्दा चाँडो दोषी पत्ता लगाई कानुन बमोजिम कडा भन्दा कडा सजायका लागि कानुनी दायरामा ल्याईने दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच