प्रधानमन्त्रीले मागेको विश्वासको मतमाथि प्रतिनिधि सभामा मत विभाजनको प्रक्रिया सुरु (LIVE)

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नका लागि प्रस्ताव प्रस्तुत गरिरहनु भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उहाँले विश्वासको मत प्राप्त गर्नका लागि बैठकमा सो प्रस्ताव प्रस्तुत गर्न सुरु गर्नु भएको हो ।

नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १५२ बमोजिम प्रधानमन्त्रीले प्रस्ताव पेश गर्नुहुने प्रावधान छ ।

त्यस अवसरमा उहाँले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतीका लागि गरिएको प्रयासमा सहमत नभएपछि एमालेसहितका राजनीतिक दलहरुसँगको गठबन्धन सरकार टुट्न पुगेको बताउनु भयो ।

विश्वासको मत माग्दै उहाँले भन्नुभयाे, ‘यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने सोचेकै थिएन, सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने मेरो प्रस्तावपछि राप्रपा र एमालेका मन्त्रीहरुले राजीनामा दिनुभयो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?