काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एमालेलाई एक्लाउन बाह्य शक्तिलागेको आरोप लगाउनु भएको छ ।
एमालेको मिसन ग्रासरुट अन्तर्गत झापाको कार्यक्रमलाई सम्बोधन गर्दै हालको गठबन्धनलाई लार्भाको संज्ञा दिँदै उहाँले एमालेलाई एक्लाउनका लागि बाह्य शक्तिले दशवटा टाउको जोडिदिएको बताउनु भयो ।
साथै अध्यक्ष ओलीले कोशी प्रदेश सरकार जोगाई छाड्ने बताउनु भयाे । ६ सीट भएको राप्रपा र एमालेसँग भएको ४० सीटमा एक सीट थपथाप गरेरै भएपनि प्रदेशको सरकार टिकाउने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीसँग ४० सीट छ । राप्रपासँग ६ सीट छ। अब एउटा खोज्नुपर्ने छ। किनभने हामीलाई राप्रपाले साथ दिन्छ भन्ने आधारमा ।’
अध्यक्ष ओलीले लगभग सर्वसम्मतिले नामकरण भएको प्रदेशमा एमालेबाटै चोइटिएकाहरुले कोशी प्रदेशको विरोध गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘केही केही मान्छेहरुले भ्रम फिजाउने कोसिस गरेका छन्। अनावश्यक ढंगले विवाद खडा गर्न खोज्ने र समाजमा अशान्ति मच्चाउन खोज्ने नियोजित रुपमा कोशी प्रदेशको विरोध मात्रै गरेको छन्। त्यसैले जनतामा अन्योल सिर्जना गर्न खोजेका छन् ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच