काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)की अध्यक्ष आश्रयता कार्की चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष खेल क्षेत्रमा व्यवसायको सामाजिक उत्तरदायित्व कोषको (सिएसआर) रकम प्रयोग गर्नका लागि पहल गरिदिन माग गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्दै एनएसएलका प्रतिनिधिहरूले उक्त ध्यानाकर्षण गराएका हुन् । उक्त अवसरमा एनएसएलका प्रबन्ध निर्देशक श्रेयान्स कार्की र सिइओ सुदिप शर्माको पनि उपस्थिति रहेको थियो ।
ध्यानाकर्षण पत्रमा खेलाडी र खेलकर्मीहरू खेलेर जीवन निर्वाह गर्ने वातावरण बनाउन व्यवसायहरूको सामाजिक उत्तरदायित्वमा छुट्याइएको रकम खेलकुद क्षेत्रमा खेल र खेलाडीको प्रोत्साहनमा प्रयोग गर्न पाइने नियम लागू गर्न सकिएमा यस निर्णयले खेलकुद क्षेत्रमा लगानी बढ्न गई समग्र खेलकुद क्षेत्रलाई उकास्न सहयोगी साबित हुने जनाइएको छ ।
सरकार र निजी क्षेत्रको प्रत्यक्ष संलग्नताबाट गरिने यो नवीनतम् प्रयासले नेपाली खेल क्षेत्र र खेलाडीहरूको स्तर उकास्ने र दीर्घकालीनरूपमा नेपाली खेल क्षेत्रले अन्तर्राष्ट्रियरूपमै देशको नाम उच्च गर्न सफल हुने पत्रमा लेखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच