काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको जनाएको छ । मूल्यसूची तय गर्दै महासंघले बुधबारको तुलनामा बिहीबार मूल्य घटेको जानकारी दिएको हो ।
यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार १५० रुपैयाँ तय भएको जनाएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार १५० रुपैयाँ कायम थियो ।
यस्तै, बिहीबार चाँदीको मूल्यमा प्रतितोला ५ रुपैयाँको गिरावट आएको छ । महासंघले चाँदीको मूल्य घटेसँगै आज प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । बुधबार यसको मूल्य तोलामा १४ सय २० रुपैयाँ कायम थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच