काठमाडौं । अन्तर्राष्ट्रिय खेलकुद परिषद (आइसिसी)ले विश्वकप २०२३ को खेलतालिका सार्वजनिक गरेको छ । विश्वकप क्रिकेट प्रतियोगिता ५ अक्टोबर देखि १९ नोभेम्बरसम्म भारतका १० स्थानमा हुनेछ । १० टोली सहभागी प्रतियोगितामा एकअर्काले खेलेपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
सार्वजनिक खेलतालिकाअनुसार विश्वकपको उद्घाटन खेल ५ अक्टोबरमा अहमदाबादमा इंग्ल्याण्ड र न्युजिल्याण्डबीच हुनेछ । अघिल्लो संस्करणको विश्वकप फाइनलमा पनि यी दुई टोलीबीच खेल भएको थियो । २०१९ को विश्वकपमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई सुपर ओभर पनि टाई भएपछि बाउन्ड्री बढी प्रहार गरेका आधारमा जितेको थियो ।
यस्तै, दोस्रो खेल ६ अक्टोबरमा पाकिस्तान र हाल जिम्बाबेमा जारी विश्वकप छनोटबाट आउने पहिलो स्थानको टोलीबीच हुनेछ । आयोजक भारतले पहिलो खेलमै उपाधि दाबेदार अष्ट्रेलियाको ८ अक्टोबरमा चेन्नाईमा सामना गर्नेछ ।
परम्परागत चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको खेल १५ अक्टोबरमा अहमदाबादमा हुनेछ । अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा उक्त खेल हुनेछ । स्टेडियमको क्षमता एक लाख दर्शक अटाउने रहेको छ । विश्वकपअघि भारत र पाकिस्तानले सेप्टेम्बरमा एसिया कप खेल्नेछन् । एसिया कपमा भारत र पाकिस्तानबीच समूह चरण, सुपर फोर हुँदै फाइनलमा गरी तीनपटक भिड्ने सम्भावना छ ।
२०१९ को विश्वकपमा पाकिस्तान भारतसँग डकवर्थ लेविस पद्धतिका आधारमा ८९ रनले पराजित भएको थियो । पाकिस्तानले एकदिवसीय विश्वकप इतिहासमा भारतलाई हराउन सकेको छैन । विश्वकपमा भारत र पाकिस्तानबीच कुल सात खेल भएका छन् । सबै खेलमा भारत विजयी भएको छ ।
विश्वकपमा लिगको अन्तिम खेलमा १२ नोभेम्बरमा अष्ट्रेलिया र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । पहिलो सेमिफाइनल १५ नोभेम्बर र दोस्रो १६ नोभेम्बरमा हुनेछ । फाइनल १९ नोभेम्बरमा हुनेछ । विश्वकप भारतको हैदराबाद, अहमदाबाद, धर्मशाला, दिल्ली, चेन्नाई, लखनऊ, पुणे, बेंग्लोर, मुम्बई र कोलकातामा हुनेछ । प्रतियोगिता ४६ दिनसम्म चल्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच