कृष्णमोहन स्मृति खुला ब्याडमिन्टनको क्वाटरफाइनल समीकरण पूरा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल एपिएफ क्लबको आयोजनामा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित नेपाल एपिएफ क्लबको कभर्डहलमा सञ्चालित ‘१६औँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता-२०८०’ अन्तर्गत मंगलबार विभिन्न इभेन्ट्सका खेलहरू सम्पन्न भएका छन् । प्रतियोगिताको पुरुष एकलतर्फको इभेन्ट्समा नेपाल एफिएफ क्लबका देवराज रानाले नेपाल पुलिस क्लबका हरि राईलाई २१-१३, २१-१०, त्रिभुवन आर्मी क्लबका रुकेश महर्जनले नेपाल एपिएफ क्लबका अमन महर्जनलाई २१-१७, २१-१७, नेपाल पुलिस क्लबका सुनिल जोशीले भोजपुरका विशाल तामाङलाई २१-११, २१-१३, नेपाल एपिएफ क्लबका क्षितिज खनालले कैलालीका चन्द्रिका कथरीलाई २१-१३, २१-१३, नेपाल पुलिस क्लबका जीवन आचार्यले त्रिभुवन आर्मी क्लबका नरेन्द्र बमलाई २१-१६, २१-१९ अन्तरले पराजित गर्नुभयो ।

यस्तै, नेपाल पुलिस क्लबका पूर्णबहादुर थापाले नेपाल एपिएफ क्लबका प्रनिश सिंह ठकुरीलाई १८-२१, २१-१८, २१-१७, नेपाल पुलिस क्लबका विष्णु कटुवालले नेपाल एपिएफ क्लबका भोजबहादुर गुरुङलाई १०-२१, २१-१८, २१-१७ र नेपाल एपिएफ क्लबका प्रिन्स दाहालले त्रिभुवन आर्मी क्लबका कविर केसीलाई २१-७, २१-१२ ले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गर्नुभएको छ ।

यसैगरी गल्र्स सिंगलतर्फको खेलमा भोजपुरका नङ्सला तामाङले कस्तुरी कलेजकी सीमा राजवंशीलाई २१-१२, २१-१६, नेपाल एपिएफ क्लबकी जेसिका गुरुङले त्रिभुवन आर्मी क्लबकी रिहाना शेरचनलाई २१-८, २१-६, त्रिभुवन आर्मी क्लबका अनुमाया राईले नेपाल एपिएफ क्लबका रिना तामाङलाई २१-१७, २९-२७, नेपाल एपिएफ क्लबका सुनैना मुखियाले त्रिभुवन आर्मी क्लबकी विस्ना विष्टलाई १६-२१, २१-१३, २१-१८ ले पराजित गर्नुभयो ।

नेपाल एपिएफ क्लबकी शोभा गौचनले त्रिभुवन आर्मी क्लबका सिस्ना सिर्पालीलाई २१-१३, २१-१३, त्रिभुवन आर्मी क्लबकी अमिता गिरीले काभ्रेका सायरा प्रधानलाई २१-५, २१-३, नेपाल पुलिस क्लबकी निता लम्सालले सर्लाहीकी निकिता लामालाई २१-१२, २१-१७, त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले नेपाल एपिएफ क्लबका अञ्जना राईलाई २१-११, २१-१२ ले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गर्नुभएको छ ।

यसैगरी ब्वाइज अण्डर टुभेलतर्फको खेलमा त्रिभुवन आर्मी क्लबका सुदेश राजकोटीले काठमाडौं ब्याडमिन्टन एकेडेमीका प्रवल श्रेष्ठलाई २६-२४, २१-१९, कैलालीका आदित्य चौधरीले इन्टरनेसनल ब्याडमिन्टन डेभलपमेन्ट क्लबका अछ्यात ढुंगेललाई २१-१८, २७-२५, नेपाल एपिएफ क्लबका सफल भुजेलले भोजपुरका ट्याबुङ राईलाई २१-७, २१-१३, सुहम कार्कीले त्रिभुवन आर्मी क्लबका दीप थिङलाई २१-१७, २१-१२, दिपक ब्याडमिन्टन एकेडेमीका देयोन भण्डारीले सक्षम गुरुङलाई २१-१, २१-१० ले पराजित गर्नुभयो ।

त्रिभुवन आर्मी क्लबका रिजन मगरले नेपाल पुलिस स्कुल साँगाका इशान गिरीलाई २१-१२, २१-१४, दाङका ज्योति आदित्य चौधरीले सन्दीप राईलाई २१-८, २१-१७, नेपाल एपिएफ क्लबका आरुष सिंखडाले आइबिएससी इमाडोलका प्रिन्स थापा मगरलाई २१-४, २१-८ ले पराजित गरी अर्को चरणमा प्रवेश गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?