काठमाडौं । नबिल बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले वार्षिक रूपमा प्रदान गर्नेे राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२(एनविपिए २०२२) बाट सम्मानित भएको छ । नबिलले बैंकिङ क्षेत्रतर्फको सिल्भर अवार्डप्राप्त गरेको हो । आइक्यानले आर्थिक वर्ष २०२१/०२२को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहीता र सुशासनका लागि अवार्ड प्रदान गरेको हो ।
काठमाडौंमा आयोजित एक कार्यक्रमबीच अर्थमन्त्री डा. प्रकाश शरण महतले नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई अवार्ड हस्तान्तरण गर्नुभएको थियो । बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले नेपालतर्फबाट साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्टेन्स(साफा)द्वारा दक्षिण एसियालीस्तरमा आयोजना हुने साफा विपा अवार्डको प्रतिस्पर्धासमेत मनोनीत हुनेछ ।
नबिलले २० लाखभन्दा बढी सेवाग्राहीलाई देशभरिका दुइसय ६५ शाखा र दुइसय ९८ एटिएमार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोशेढुंगाका रूपमा काम गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच