दीपेन्द्रसिंह आबद्ध टाइगर्सले जित्यो ग्लोबल टी-२० क्यानडाको उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले ग्लोबल टी=२० क्यानडा २०२३ को उपाधि जितेको छ।

आइतबार राति भएको फाइनलमा टाइगर्सले नेपाली टोलीकै लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्सलाई ५ विकेटले हराउँदै उपाधि हात पारेको हो।

सर्रेले दिएको १३१ रनको लक्ष्य टाइगर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो।

आन्द्रे रसेल ६ बलमा १ चौका र २ छक्कासहित २० रनमा नटआउट रहे। दीपेन्द्र १७ बलमा १ चौकासहित १६ रन बनाउँदा रिटायर्ट हर्ट हुँदै क्रिज छाडेका थिए। उनको स्थानमा आन्द्रे रसेल क्रिजमा आएका थिए। शेर्फान रदरफोर्ड ३८ रनमा नटआउट रहे।

सन्दीपले ३ ओभरमा २० रन खर्चिए पनि विकेटविहीन रहे।

त्यसअघि टाइगर्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सर्रेले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १३० रनको योगफलत तयार पारेको थियो।

ओपनर जतिन्दर सिंह ५६ रनमा नटआउट रहे। आयन खानले २६, मोहम्मद हरिसले २३ रन थपे। लिटोन दास १२ रनमा आउट भए। टाइगर्सका लागि आयन खानले २ विकेट लिए। कार्लोस ब्रेथवेट, अब्बास अफ्रिदी र आन्द्रे रसेलले एकरएक विकेट आफ्नो नाममा गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?