जकार्ता । मिस युनिभर्स इण्डोनेसियाका कयौं प्रतियोगीहरूले आयोजकमाथि यौन दुव्र्यवहारको आरोप लगाउँदै प्रहरीमा उजुरी दर्ता गराएका छन् । उनीहरूका वकिलका अनुसार प्रतियोगीलाई अगस्त ३ को फाइनलको दुई दिनअघि ‘शरीर जाँच’ र तस्वीरका लागि भन्दै सर्ट खोल्न लगाइएको थियो ।
उजुरी गर्ने तीनजना प्रतियोगीहरूको पक्षमा वकालत गरिरहनुभएका अधिवक्ता मेलिसा एंगग्रेनीले अरू धेरैजना यसबारे अगाडि आउने बताएको बिबीसीले जनाएको छ । जाकार्ता प्रहरीले विज्ञप्ति जारी गर्दै यस विषयमा थप अनुसन्धान गर्ने जनाएको छ । ग्लोबल मिस युनिभर्स अर्गनाइजेसनले पनि यो विषयलाई हेरिरहेको र यौन अनुचितको आरोपलाई गम्भीरतापूर्वक लिने बताएको छ ।
सौन्दर्य प्रतियोगितामा शरीरको जाँच सामान्य भए पनि प्रतियोगीलाई नग्न हुन नभनिने पूर्वमिस इण्डोनेसिया मारिया हरफन्तीले बताउनुभएको छ । आयोजकहरूले प्रायः प्रतियोगीको बडी मास इन्डेक्स उनीहरूको शरीरको अनुपात जाँच गर्न सोध्ने भए पनि नग्न हुन आग्रह नगर्ने उहाँको भनाइ छ ।
मिस युनिभर्स इण्डोनेसिया अर्गनाइजेसनले आरोपहरूबारे अनुसन्धान गरिने बताएको छ भने ग्लोबल मिस युनिभर्स अर्गनाइजेनले पनि यस विषयमा ध्यानाकर्षण भएको बताउँदै यौन दुव्र्यवहारको मामिलालाई गम्भीरतापूर्वक लिने बताएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच