यस्तो छ तपाईंको भदौ ४ गते सोमबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० भदौ ४ गते सोमबार, ई.सं. २१ अगष्ट, २०२३ । तिथि- श्रावण शुक्लपक्ष पञ्चमी, नक्षत्र- चित्रा, योग- शुभ, करण- वव, चन्द्रराशि- कन्या, सूर्योदय ५ः ३७ सूर्यास्तः १८ः३५ ।

मेष : मेवा-मिष्टान्न आदि खाने वातावरण मिल्नेछ ।

वृष : धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ ।

मिथुन : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।

कर्कट : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

सिंह : एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्न सक्छ ।

कन्या : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।

तुला : खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ ।

वृश्चिक : भाइबहिनी वा सन्ततिका तर्फबाट दुःखद खबर प्राप्त हुनेछ ।

धनु  : घरायसी समस्याहरू देखापर्न सक्छन् ।

मकर : मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ ।

कुम्भ : कुनै भौतिक सामान खरिद गर्नका लागि समय राम्रो छ ।

मीन : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?