रूपसिं अन्तर्राष्ट्रिय पाँचौँ डान

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल आइटिएफ तेक्वान्दो महासंघका केन्द्रीय सचिव रूपसिं मोक्तान अन्तर्राष्ट्रिय पाँचौँ डानको परीक्षामा उत्तीर्ण हुनुभएको छ । कजाखस्तानमा जारी आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा नेपाली टोलीका प्रशिक्षकसमेत रहनुभएका रूपसिं पाँचौँ डान परीक्षामा उत्तीर्ण हुनुभएको हो । नेपाली टोलीका प्रशिक्षक रूपसिंले च्याम्पियनसिपकै क्रममा कजाखस्तानको आस्तानामा भएको ग्रेडिङ परीक्षा दिनुभएको थियो । परीक्षामा प्याटर्न, पावर ब्रेकिङ र स्पाइरिङ टेक्निकलगायतमा सफलता प्राप्त गरेसँगै उहाँ परीक्षामा उत्तीर्ण हुनुभयो ।

विश्व आइटिएफ तेक्वान्दो महासंघका कार्यकारी सदस्य एवं रेफ्री तथा टेक्निकल कमिटीका सहसंयोजक ग्राण्ड मास्टर राजेन्द्र बलानको टिमले उहाँको परीक्षा लिएको थियो । रूपसिं रामेछाप आइटिएफ तेक्वान्दोका संस्थापकसमेत हुनुहुन्छ । उहाँकै सक्रियतामा रामेछापको गाल्पामा आइटिएफको राष्ट्रिय एकेडेमीका साथै तेक्वान्दो खेलकै संस्थापक स्वर्गीय जनरल चोइ हङ हीको पूर्ण कदको प्रतिमा/सालिक बनाइएको छ । आइटिएफ संस्थापकको उक्त सालिक विश्वकै पहिलो पनि हो । कजाखस्तानको अस्तानामा भएको विश्व आइटिफको अधिवेशनमा समेत रूपसिंको उक्त कार्यको प्रशंसा भएको थियो । उक्त सालिक अनावरण कार्यक्रममा विश्व आइटिएफका ग्राण्ड मास्टरहरूलाई उहाँले निम्तो दिनुभएको छ ।

ग्राण्ड मास्टरले पनि नेपालको रामेछापमा उपस्थित हुने जानकारी दिएको रूपसिंले बताउनुभयो । जारी च्याम्पियनसिपमा रूपसिंहकै प्रशिक्षणमा नेपालका चार खेलाडीले चुनौती प्रस्तुत गरेका थिए । नेपाल आइटिएफ तेक्वान्दो महासंघका निवर्तमान अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्(राखेप)का बोर्ड सदस्य अञ्जन धमलाले च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?