केपी ओलीको भाषणप्रति काँग्रेसको ध्यानाकर्षण

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनः प्रतिनिधि सभाको विघटन गर्नसक्ने अभिव्यक्तिको दिएकोप्रति काँग्रेसको ध्यानाकर्षण भएको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने घोषणा गर्दै पूर्ण कार्यकाल सरकार चलाउन सबै मिलेर काम गर्न दिनुपर्ने बताउनु भयो ।

उहाँले देशमा विद्यमान चुनौतिहरुलाई सरकारले कसरी हेर्छ, विद्यमान समस्याहरु समाधान हुन्छ ? संविधानको रक्षा तथा कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रको दिगो शान्ति र सुशासन विकास र समृद्धिको सवालमा सरकारको कामकारबाही कस्तो रहन्छ भन्नेकुरालाई मध्यनजर गरेर आगामी दिनमा समर्थन गर्ने वा नगर्ने भन्नेकुरा निर्धाराण गर्नेपनि बताउनु भयो ।

उहाँले संविधानको पालना र रक्षाका लागि वर्तमान प्रधानमन्त्री र काँग्रेस एक ठाउँमा उभिएको स्मरण गर्दै फेरि वर्तमान सत्ता गठबन्धनका प्रमुख घटकहरु तिनै संवैधानिक व्यवस्थालाई चुनौति दिएको परिप्रेक्ष्यमा संविधान र रक्षाका लागि खरो रुपमा उभिने चुनौति आफूसमक्ष रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले सभाको निर्वाचन सम्पन्न हुनासाथै प्रतिनिधि सभाको विघटन हुनु असामान्य र अस्वभाविक हुन्छ भन्ने जस्ता प्रत्युतपादक छलफलमा प्रवेश गर्नुभन्दा पूर्ण कार्यकाल सरकार चलाउन हामी सबै मिलेर गर्न दिनुपर्छ भनेर संविधानको मर्म र भावनाअनुरुप हाम्रा व्यवहार हुनुपर्छन् । हामी नयाँ निर्वाचनबाट भर्खरै नयाँ प्रतिनिधि सभामा प्रवेश गरेका छौँ । देशमा विद्यमान चुनौतिहरुलाई सरकारले कसरी हेर्छ, विद्यमान समस्याहरु समाधान हुन्छ ? संविधानको रक्षा तथा कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रको दिगो शान्ति र सुशासन विकास र समृद्धिको सवालमा सरकारको कामकारबाही कस्ते रहन्छ, जनताको सरोकार जोडिएका विषयमा सरकारको पहल हुन्छ की हुँदैन, देश र जनताको हीतमा कसरी कति काम गर्छ यी सबै विषय हेर्न बाँकी छ । यी काम कारबाहीको आधारमा भविष्यमा समर्थन गर्ने र नगर्ने भन्ने बारेमा हाम्रो नीति रहनेछ । प्रतिनिधि सभाको हिजोको बैठकमा नेकपा एमालेका अध्यक्षको सम्बोधनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण रहेको छ । उहाँले संविधानको संसदीय व्यवस्थाको विपरित फेरि पनि संसद विघटन गर्नसकिने कुरा उठाउनुभएको छ । संविधानको पालना र रक्षाका लागि वर्तमान संविधानसहित वर्तमान प्रधानमन्त्री र हामी एक ठाउँमा उभिएका थियौँ । आज फेरि वर्तमान सत्ता गठबन्धनका प्रमुख घटकहरु तिनै संवैधानिक व्यवस्थालाई चुनौति दिएको परिप्रेक्ष्यमा संविधान र रक्षाका लागि खरो रुपमा उभिने चुनौति हाम्रो सामु छ ।’

सभापति देउवाले सरकारको गठन गर्नु वा सरकार परिवर्तन गर्नु संसदको एक महत्वपूर्ण काम भएको बताउनु भयो ।
उहाँले देश र जनताका लागि सबै नीति र कानूनको निर्माण पनि संसदको क्षेत्राधिकार भएको भन्दै संसदमा प्रभावकारी प्रतिपक्षको अभावमा सरकार माथिको निगरानी र अनुगमनको पद्धति कमजोर हुने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?