टियु स्वचालित विद्युतीय प्रणालीमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । त्रिभुवन विश्वविद्यालय(टियु)ले विद्युतीय प्रशासनलाई प्रोत्साहन गरी सेवा प्रणालीलाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले सम्पूर्ण निकायका कार्यालयमा स्वचालित प्रणाली सुरु गरेको छ । अब सम्पूर्ण कार्यालयमा हुने दर्ता, चलानी, टिप्पणी, पत्र व्यवहार, परिपत्र र निर्णयका लागि माथिल्लो निकायमा पेश गरिने कागजात स्वचालित प्रणालीमार्फत् सम्पादन हुने भएका छन् ।

टियु केन्द्रीय कार्यालयमा साउनदेखि नै कार्यान्वयनमा रहेको उक्त प्रणालीमा टियुका सम्पूर्ण निकाय आबद्ध भइसहेको टियुले जनाएको छ । टियुका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले कीर्तिपुरस्थित रजिष्ट्रार कार्यालयमा आयोजित कर्मचारी तालिम कार्यक्रममा कार्यालय स्वचालित प्रणालीको विधिवत् शुभारम्भ गर्नुभएको हो । उपकुलपति प्राडा बास्कोटाले सामान्य प्रशासन महाशाखाबाट उठाइएको टिप्पणी विद्युतीय प्रणालीवाट स्वीकृत गरी कार्यालय स्वचालित प्रणालीको उद्घाटन गर्नुभएको थियो ।

टियुले सञ्चालनमा ल्याएको कार्यालय स्वचालित प्रणालीको निर्माण सफटेक इन्फोसिस प्रालिले गरेको हो । उक्त कम्पनीका प्रबन्धक टिकाराम दाहालले दर्ता, चलानी, टिप्पणी र परिपत्रसमेत गर्न मिल्ने स्वचालित प्रणालीमा फाइल एक आपसमा अनुबन्ध गर्न मिल्ने र कसरी फाइल एक निकायबाट अर्को निकायमा प्रेषित गरिएको छ भन्नेसमेत जानकारी लिन सकिने व्यवस्था रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?